नेपाली मुलको ठिटो अभिले पाए ‘स्टनिन’ गीतबाट गोल्ड अवार्ड

२६ मंसिर ७८, सोमबार

२७ मंसिर, विराटनगर ।

कर्टिस वाटर्स नामले चिनिने नेपाली मूलका अभि बस्ताकोटी अहिले अमेरिकी संगीत क्षेत्रमा चर्चामा छन् ।

‘स्टनिन’ शीर्षकको उनको गीत अहिले चर्चित बनेको छ । यही गीतबाट उनले अमेरिकाको प्रतिष्ठित अवार्ड पाएका छन् । रेकर्डिङ इन्डस्ट्री एशोसिएसन अफ अमेरिका (आरआईएए)ले विज्ञप्ति मार्फत घोषणा गरेको सन् २०२१ मा गोल्ड तथा प्लाटिनम अवार्ड पाउने कलाकारहरूको सूचीमा बस्ताकोटी पनि परेका हुन् ।

Advertisement

यस वर्ष उक्त अवार्डमा ४३ जना नयाँ कलाकारको नाम घोषणा भएकोमा उनले चर्चित गीत ‘स्टानिन’ का लागि यस वर्षको आरआईएए गोल्ड अवार्ड प्राप्त गरेका हुन् । संस्थाका अध्यक्ष तथा सीईओ मिच ग्ल्याजियरले यो अवार्ड पाउने संगीतकर्मीहरूको भूमिका संगीतको सिर्जनशील तथा व्यावसायिक क्षेत्रमा उल्लेख्य रहेको बताउँदै पुरस्कृत प्रतिभाहरुलाई संगीतको अति विशिष्ट श्रेणी प्रतिभाको समूहमा स्वागत गरेका छन् ।

आरआईएए संगीतको प्रबर्द्धनमा समर्पित व्यावसायिक संस्था हो । संसारका संगीत व्यवसायमा संलग्न र प्रसिद्ध कलाकारहरुसँग कार्यरत महत्वपूर्ण संगीत व्यवसायी संस्था यसका सदस्य छन् । २१ वर्षीय कर्टिस वाटर्सको ‘स्टनिन’ गीत उनको ‘पिटीपार्टी’ एल्बममा समावेश छ ।

Advertisement

बीएमजी नामको अन्तर्राष्ट्रिय रेकर्ड लेबलले बजारमा ल्याएको यो गीत हालसम्म एक अर्ब भन्दा बढी पटक विभिन्न माध्यमबाट प्रवाहित भइसकेको छ । टिकटकमा सर्वाधिक चर्चा बटुलेको ‘स्टनिन’ मे १९ मा सार्वजनिक भएपछि यसले विश्वको चर्चित डिजिटल म्युजिक प्लाटफर्म स्पोटिफाईमा पनि कीर्तिमान कायम गरेको थियो ।

युट्युवमा मात्रै उनको गीत साढे ३ करोड भन्दा बढी पटक हेरिएको छ । ‘स्टनिन’ का लागि कर्टिसले क्यानडा डबल प्लाटिनम, अस्ट्रेलिया प्लाटिनम, ब्राजिल प्लाटिनम, म्याक्सिको गोल्ड, इण्डिया गोल्ड, न्युजिल्याण्ड गोल्ड, अमेरिका गोल्डलगायत प्रमाणपत्र पाइसकेका छन् ।

स्पोटिफाईको ग्लोबल भाइरल लिस्टमा पनि उनी परिसकेका छन् । अमेरिकी चर्चित म्यागेजिन रोलिङस्टोनले पनि उनको फिचर गरेको छ भने टुडे म्यागाजिनले ‘संगस् अफ समर–२०२०’को सूचीमा लेडी गागा लगायतका चर्चित कलाकारका गीतसँगै कर्टिसको ‘स्टनिन’लाई पनि समावेश गरेको छ।

नेपालमा जन्मिएका बस्ताकोटी बुवाआमा र भाइसँग अमेरिकाको नर्थ क्यारोलाइना राज्यको क्यरीमा बस्दै आएका छन् । उनले ६ वर्ष देखि संगीत क्षेत्रमा काम गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top