नेपाली सुरक्षा गार्ड कुटिएको भिडियो मलेसियाको जलन मदरसाको भएको पुष्टि

१७ साउन, एजेन्सी ।
मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटेको भिडियो सार्वजनिक भएपछि मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घटना जलन मदरसाको पार्किङ स्थलमा भएको बताएका छन् । राजब अहमदको भनाईलाई उदृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाए अनुसार एक पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेको हो ।

‘हामीलाई विश्वास छ कि पिट्ने मान्छे पाकिस्तानी नागरिक हो भने कुटाइ खाने मान्छे त्यही भवनमा सुरक्षा गार्डको काम गर्ने नेपाली नागरिक हो’, राजब अहमदले भनेका छन् । प्रहरीले घटनाको अनुसन्धान र घटनाको कारण पत्ता लगाउन लागिपरेको अहमदले बताए ।

Advertisement

कसैलाई यो घटनाको बारेमा थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि उनले आग्रह गरेका छन् । घटनाको बारेमा जानकारी भएकाहरुलाई प्रहरी अधिकारीहरु स्टेफन जोनसेनको फोन नम्बर ०१६३७६७३९० र सारुल अजुन सारोमको फोन नम्बर ०१६२०१४३३४ अर्थात क्वालालम्पुर प्रहरी हटलाइन नम्बर ०३२११५९९९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

हिजो शुक्रबार भिडयो सामाजिक सञ्जालमा आएपछि मलेसियामा रहेको नेपाली दूतावासले अनुसन्धानको लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top