नेपाली सेनाका एक जर्नेल र कर्नेल सैनिक हिरासतमा, आर्थिक अनियमितता गरेको आरोप

१० जेष्ठ, काठमाडौं ।
आर्थिक अनियमितता गरेको अरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ ।

सैनिक उच्च स्रोतका अनुसार सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाललाई छानबिनको लागि सैनिक हिरासतमा राखिएको हो । उनीहरु दुवैलाई जेठ ८ गते देखि सुन्धरास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरमा हिरासतमा राखिएको छ ।

प्रमाण नष्ट नहोस् र छानबिनमा सहज होस् भनेर उनीहरुलाई सैनिक हिरासतमा राखिएको हो,’ सैनिक स्रोतले भन्यो । राणा र सिलवालले दुई वर्ष अघि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अनियमितता गरेको अरोप लागेको हो ।

Advertisement

त्यस बेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए भने सिलवाल उनको मातहतमा काम गर्थे । सेनाले आर्थिक अनियमितता भएको संकेत पाएपछि सैनिक ऐन–२०६३ अनुसार उपरथीको नेतृत्वमा कोर्ट अफ् इन्क्वायरी गठन गरी छानबिन भइरहेको छ ।

उनीहरुको छानबिन अन्तिम चरणमा पुगेको र केही दिनमा सैनिक समरी अदालतले फैसला गर्ने सैनिक स्रोतले बतायो । उक्त आर्थिक अनियमितताको छानबिनका क्रममा कोर्ट अफ् इन्क्वायरी १२ जना अधिकृतसँग पनि बयान लिएको छ । एक जना सुवेदार मेजरलाई पनि थुनामा राखिएको छ ।

Advertisement

सेनाले शुक्रबारमात्र सैनिकले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा आर्थिक अनियमितता गरेको ठहर भएपछि महासेनानी भुपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र दुई अन्य दर्जालाई कारबाही गरेको थियो ।

जसमा महासेनानी भुपालमान अधिकारीसँग बिगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैयाँ ११ पैसा असुल उपर गर्ने फैसला गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top