नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले बुझाए सामूहिक राजिनामा

९ माघ ७६, शुक्रबार

१० माघ, काठमाडौं ।
नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजिनामा दिएका छन्।

सेवा सुविधामा विभेद गरिएको भन्दै एयरलाइन्सका २५ जना पाइलटले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्। सामूहिक राजीनामा दिने पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै तीन महिनाको समयसीमा दिँदै राजीनामा दिएको एक पाइलटले बताए। विदेशी पाइलटले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्। त्यसमा पनि पछिल्लो समय बिना जानकारी एक लाख काट्ने गरिएको उनले बताए।

Advertisement

काममा पनि विभेद छ, उनले भने, ‘यस्तो चरम विभेदका विषयमा हामीले लामो समयदेखि कुरा उठाउँदै आएको थियौं तर सुनुवाइ भएन। हामीले बाध्य भएर राजीनामा दिनु परेको हो।’ बाँकी १५ जना पाइलटले पनि राजीनामा दिने तयारी गरेको उनले बताए।

विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ। विदेशी पाइलटले ४६ घण्टा र नेपाली पाइलटले ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ।

Advertisement

पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top