नेपाल टाइम्सको खबरदारीः प्रदेश १ सरकारले हटायो पूरानो नक्सा

२४ कात्तिक, काठमाडौं ।

नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई बेवास्ता गर्दै प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले आफ्नो वेबसाइटमा पूरानै नक्सा प्रयोग गरिरहेको बारे नेपाल टाइम्सले खबरदारी गरेपछि पूरानो नक्सा हटाएको छ ।

पूरानो नक्सा हटाएपछि त्यसको सट्टामा मन्त्रालयले नयाँ नक्सा राखेको छ । गत जेठ ७ गते संघीय सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको थियो । नेपालको संविधानमा समेत सो नक्सा सूचीकृत भइ देशको निशान छापमा समेत छापिसकेको छ ।

Advertisement

सरकारले देशैभर सो नक्सा कार्यान्वयनमा ल्याउन निर्देशन दिएपनि प्रदेश सरकारको कानून मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा नभएको पुरानै नक्सा आफ्नो आधिकारिक वेबसाइटमा प्रयोग गरिरहेको थियो । देशको मूल कानूनलाई नै प्रदेश सरकारले बेवास्ता गरेको भनि नेपाल टाइम्सले आइतबार खबरदारी गरेपछि २४ घण्टा नबित्दै सो नक्सा हटाइएको छ ।

६ दशक अघिदेखि भारतले अतिक्रमण गर्दै आएको भूभागलाई नयाँ नक्सामा समेटी सार्वजनिक गरेपनि असोज ६ गते प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नयाँ नक्सा र विवरण समेटिएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वध्याय सामग्री’ नामक पुस्तक वितरण नगर्नू भनेर ठाडो आदेश नै दिनु विरोधाभाषपूर्ण र शंकास्पद देखिन्छ ।

Advertisement

कतिपयले यसलाई भारतसँग वार्ताको वातावरण निमार्णको रणनीतिका रुपमा लिएका छन । तथापी नयाँ नक्सा अनुरुपको जमिन उपभोग गर्नका लागि समयमै सरकारले उपयुक्त कुटनीतिक पहल चालोस् । नक्सा सार्वजनिक गर्दाताका सवै राजनीतिक दल र आमनागरिकहरुका तर्फबाट पाएको साथ र समर्थन बचाइराख्न सरकारले भौगोलिक अखण्डता र रक्षाका लागि आवश्यक प्रभावकारी पहल गरोस् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top