नेपाल टाईम्स तेस्रो वर्षमा प्रवेश, सह-सम्पादकमा ध्रुब भट्टराई भित्रिए

२५ साउन, विराटनगर ।
नेपाल टाईम्स मिडिया प्रा.लि. तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल टाईम्सले विराटनगर स्थित एक होटलमा शुक्रबार दोस्रो वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रमको समेत आयोजना गरेको छ ।

२०७४ साउन २४ गते स्थापना भई प्रदेश १ को राजधानी विराटनगरमा रहेर सत्यतथ्य सामाग्री प्रकाशन र प्रसारण गर्दै आएको नेपाल टाईम्सले शुक्रबार विराटनगरमा भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

Advertisement

कार्यक्रममा देशमा दर्जनौ मिडियाहरु हुँदा हुँदै पनि अनेकौँ चुनौतीका बाबजुत नेपाल टाईम्स छोटो समयमा नै दर्शक र स्रोतासामु लोकप्रिय बन्दै गएको भन्दै उत्कृष्ट सञ्चारमाध्यम बन्नुपर्नेमा जोड दिइएको थियो ।

Advertisement

वार्षिकोत्सव समारोहमा बोल्दै नेपाल टाईम्सका प्रमुख कार्यकारी निर्देशक सैहैन्शा सिद्धिकीले सबैको साथ सहयोग र कडा मेहनतले तेस्रो वर्षमा प्रवेश गरेको भन्दै नेपाल टाईम्सलाई अझ विश्वसनीय र उत्कृष्ट बनाउन प्रयत्नशील रहने प्रतिबद्धता ब्यक्त गरे । उनले दर्शक र स्रोताको आशा–अपेक्षालाई मर्न नदिने बताउँदै आगामी वर्षको वार्षिकोत्सवसम्म सम्पूर्ण कुरालाई मजबुत बनाउँदै दर्शक र स्रोतामाझ फरक र लोकप्रिय कार्यक्रम पस्कने प्रतिबद्धता ब्यक्त गरे ।

बार्षिक उत्सव कार्यक्रममा नेपाल टाईम्सको सञ्चालक समितिमा स्वरेजराज वन्तलाई नयाँ सदस्यका रुपमा स्वागत गरिएको थियो । उनलाई नेपाल टाईम्सका निर्देशक मुकुल दाहालले दोसल्ला ओढाएर स्वागत गरे ।

त्यस्तै नेपाल टाईम्सले वार्षिक उत्सवकै अवसर पारेर राष्ट्रियस्तरका लोकप्रिय सञ्चारमाध्यममा लामो अनुभव संगालेका पत्रकार ध्रुब भट्टराईलाई सह–सम्पादकको जिम्मेवारी दिएको छ । झन्डै एकवर्ष अघिदेखि नेपाल टाईम्समा आवद्ध भट्टराईलाई नेपाल टाईम्स सञ्चालक समितिले सह–सम्पादकको जिम्मेवारी दिएको हो ।

यस्तै कार्यक्रममा कर्मचारीहरु मध्यबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा संवाददाता टेकराज बन्जारालाई सम्मान गरिएको थियो । स्थापनाकालमा आफ्नो अनलाईन पोर्टल( www.nepaltimes.net )डब्लु डब्लु डब्लु डट नेपाल टाईम्स डट नेटमार्फत सामाजिक, आर्थिक, राजनितिक, अन्तर्राष्ट्रिय, मनोरञ्जनात्मक लगायत थुप्रै विधामा सत्यतथ्य र निष्पक्ष समाचारहरु पाठक समक्ष पुर्याउँदै आएको नेपाल टाईम्सले २०७४ भदौ १७ गतेदेखि प्रदेश १ कै पहिलो अनलाईन टेलिभिजन समेत सञ्चालनमा ल्याएको छ ।

अनलाईन टेलिभिजनमार्फत सञ्चालित हरेक दिनका महत्वपूर्ण समाचारहरु समेटिएको समाचार बुलेटिन टप फिफ्टीन, जनताको चासोसँग सम्बिन्धित मिसन नेपाल टाईम्स, भ्वाईस अफ विराटनगर, नेपाल टाईम्स स्पेशल, आजको शिक्षा जस्ता कार्यक्रमले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएका छन् ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा नेपाल टाईम्सले यसवर्षदेखि देशको संघीय राजधानी काठमाडौँमा पनि शाखा विस्तार गरेको छ । वार्षिक उत्सवकै अवसरमा केही दिन भित्रै विहान र बेलुकीको समयमा थप समाचार बुलेटिन समेत सुरु गर्ने घोषणा गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top