नेपाल नादेझ्दा कपको फाइनलमा प्रवेश

२३ भदौ ७६, मंगलबार

२४ भदौ, काठमाडौं । नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा प्रवेश गरेको छ । ताजकिस्तानलाई मंगलबार १–० ले हराउँदै नेपाल अन्तिम उपाधि नजिक पुगेको हो ।

नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको हो । खेलको अन्त्यतिर सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल विजयी भएको हो । गिताको फ्रिकिकलाई सम्बाले हेडमार्फत गोल गरेकी थिइन ।

त्यहि गोल खेलको निर्णायक गोल बन्यो । अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनलमा पुगेको छ ।

Advertisement

राउन्ड रोविनको अन्तिम खेल आजै उज्वेकिस्तान र आयोजक किर्गिस्तानबीच हुदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।

ताजकिस्तानले प्रतियोगितामा कमजोर सुरुवात गरेको थियो । ताजकिस्तानले पहिलो खेल नतिजा उज्वेकिस्तानलाई १२ –० को नतिजा सुम्पेको थियो । दोस्रो खेलमा ताजिकस्तानले किर्गिस्तानलाई २–१ ले हराएको थियो ।

Advertisement

प्रतियोगितामा उज्वेकिस्तान सबैभन्दा बलियो टोलीका रुपमा रहेको छ । ताजकिस्तानलाई १२–० ले हराएको उज्वेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो । त्यस्तै आयोजक किर्गिस्तान अरु भन्दा कमजोर देखिएको छ ।

नेपालसँग ८–२ ले पराजित आयोजक टोलीले ताजकिस्तानसँगको खेल २–१ ले गुमाएको थियो । राउन्ड रोविन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । त्यस्तै बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top