नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीहरुले शुक्रबारभित्र निवेदन दिनुपर्ने

२१ चैत, काठमाडौँ । कोरोना महामारीका कारण नेपाल फर्किएर विदेश पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुले आउँदो शुक्रबारभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।

कोरोना महामारीका कारण चीन लगायत देशबाट फर्किएका विद्यार्थीले अध्ययनका लागि पुनः सम्बन्धित देश जान आउँदो शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिन सक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

कोरोना महामारी र लकडाउनका कारण विगत २ वर्षदेखी चीन, अमेरीका, बेलायत, जापानलगायत अन्य देशमा पढ्न गएका विद्यार्थीहरु स्वदेश फर्किएका थिए ।

Advertisement

कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका उनीहरुलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको हो ।

त्यसका लागि www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected] मा निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएका थिए ।

गएको हप्ता चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाली विद्यार्थीको समस्या प्राथमिकताका आधारमा समाधान गर्ने सम्झौता भएको थियो ।

परराष्ट्र मन्त्रालयसँगको सहमतिपछि शिक्षा मन्त्रालयले अलपत्र परेका विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउन प्रक्रिया थालेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top