नोबेल अस्पतालमा निको भए तीन सय कोरोना संक्रमित

२८ कात्तिक ७७, शनिबार

२९ कात्तिक, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल पुगेका र अस्पतालमै उपचारका क्रममा संक्रमण पुष्टि भएका ३ सय ९५ संक्रमित नोबेलको आईसोलेशनमा भर्ना भएका छन् । जसमध्ये २ सय ६७ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए । नोबेलमा गत भदौ महिनाबाट कोरोना संक्रमितको उपचार थालिएको हो । कोरोना संक्रमित भर्ना हुँने र निको हुँने क्रम चलिरहेको नोबेलमा अहिले पनि ३३ जना संक्रमित उपचाररत छन् । उपचाररत कोरोना संक्रमितहरुले नोबेलमा राम्रो उपचार पाएको बताएका छन् । नोबेलमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको सुविधासहितका १ सय ५० बेड छुट्याईएको छ । गंभीर अवस्थाका संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितका ३० बेडको व्यवस्था मिलाईएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top