२९ कात्तिक, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल पुगेका र अस्पतालमै उपचारका क्रममा संक्रमण पुष्टि भएका ३ सय ९५ संक्रमित नोबेलको आईसोलेशनमा भर्ना भएका छन् । जसमध्ये २ सय ६७ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए । नोबेलमा गत भदौ महिनाबाट कोरोना संक्रमितको उपचार थालिएको हो । कोरोना संक्रमित भर्ना हुँने र निको हुँने क्रम चलिरहेको नोबेलमा अहिले पनि ३३ जना संक्रमित उपचाररत छन् । उपचाररत कोरोना संक्रमितहरुले नोबेलमा राम्रो उपचार पाएको बताएका छन् । नोबेलमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको सुविधासहितका १ सय ५० बेड छुट्याईएको छ । गंभीर अवस्थाका संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितका ३० बेडको व्यवस्था मिलाईएको नोबेल अस्पतालले जनाएको छ ।