नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीको शल्यक्रिया सुरु

३० जेठ ७७, शनिबार

३१ जेठ, बिराटनगर ।
बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न थालिएको हो ।

ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरीया निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत मुत्रनलीबाट दुरबिन छिराएर मृगौलासम्म पुर्याई लेजर प्रबिधिमार्फत पथरीया फुटाएर निकाल्ने गरिन्छ । नोबेलका यूरोलोजिष्ट डा.रामसागर शाह र डा.जीत श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको टोलीले लेजर प्रबिधिमार्फत शल्यक्रिया थालेको हो ।

यसअघि शरीरमा प्वाल पारी मृगौलाको पथरीया फुटाएर निकाल्ने गरिन्थ्यो । शरीरमा प्वाल बनाउँदा बिरामीको अस्पताल बसाई लामो हुँने र घाउ निको हुँन समय लाग्ने गरेको भएपनि प्वाल नबनाई लेजर प्रबिधिमार्फत ढुंगा निकाल्दा बिरामीलाई धेरै सहज हुँने नोबेलका यूरोलोष्टि डा.रामसागर शाह बताउँछन् । उनी भन्छन्-‘प्वाल पारेर पथरीया निकाल्दा घाउ निको हुँन करिब १५ दिन लाग्छ । तर, लेजर प्रबिधिबाट पथरीया निकाल्दा घाउ नै नहुँने हुँदा बिरामी भोलिपल्टै डिस्चार्ज हुन्छन्, पर्सीपल्टदेखि नर्मल अवस्थामा फर्कन सक्छन् ।’

Advertisement

यता, नोबेलमा प्रोस्टेटको पनि लेजर प्रबिधिबाट शल्यक्रिया थालिएको छ । चिरफार नगरी लेजर प्रबिधिबाट प्रोस्टेटको पनि शल्यक्रिया गर्न थालिएको नोबेलका यूरोजोजिष्ट डा.जीत श्रेष्ठले जानकारी दिए । नोबेलले लेजर प्रबिधिबाट शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरुलाई उपचारमा सहजता मिलेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top