नौबिसे–नागढुंगा सडकखण्डः अधिक भारले टिक्दैन देब्रे लेन

१६ असोज ७६, शुक्रबार

१७ असोज, काठमाडौं । दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन ।

क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ । खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ।

सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्छ ।

Advertisement

क्षमताभन्दा बढी भारका सवारी गुडाउँदा देब्रे लेन कामै नलाग्ने गरी क्षतविक्षत भएको छ। बर्खा नसकिँदै अधिकांश भाग कामै नलाग्ने अवस्थामा पुगेको छ। यसले गाडी ओहोरदोहार गर्न मुस्किल हुने गरेको बसका चालक गणेश श्रेष्ठले बताए।

‘उकालोमा बढी भार बोकेका ट्रकले लेन नै खाल्डाखुल्डी बनाइदिएको छ,’ उनले भने, ‘खाल्डाखुल्डी सडकमा १० किलोमिटर सडक पार गर्न धेरै समय लाग्ने अवस्था छ।’

सडकको भारवहन क्षमताले नधान्ने सवारी गुडेकाले तीन महिनामै सडकको लेन भासिने गरेको चालकहरूको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top