पद्धति र प्रणालीको कसीमा प्रधानसेनापतिकाे दुई वर्ष

२३ भदौ ७७, बुधबार

२३ भदाै, काठमाडौं ।

महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको ४३ औँ प्रधानसेनापतिको कार्यभार सम्हालेको आज ठीक दुई वर्ष पूरा भएको छ । सङ्गठनको नेतृत्व लिएसँगै उनले ‘आफैँबाट आजैदेखि परिवर्तनको शुरुआत गरौँ’ भनी राष्ट्रिय सुरक्षा सुदृढीकरणसहित सात लक्ष्य समेटिएको कमाण्ड निर्देशन जारी गरेका थिए । उक्त लक्ष्यसहित १५१ कार्य गर्न मूल र सहायक नीति बनाएर काम गर्न सबै तहका कमाण्डरलाई निर्देशन दिएकोमा क्रमशः कार्यान्वयनको चरणमा छ ।

प्रधानसेनापति थापाले मुख्यरुपमा सङ्गठनभित्र पद्धति र प्रणालीको विकास, आर्थिक अनुशासन, चेनअफ कमाण्ड, व्यावसायिकता, साङ्गठनिक सुधार र स्थापित मूल्यमान्यताको अनुशरणमा जोड दिँदै आएका छन् । नेतृत्व हस्तान्तरणको अर्को वर्षको कार्यक्रम तय गर्नुअघि नै सङ्गठनका ‘क्यान्सर’लाई पूर्णरुपमा निको पारी सक्ने मेरो लक्ष्य छ– पदबहालीको एक वर्षे कार्यकाल पूरा भएको अवसरमा आयोजित समारोहमा प्रधानसेनापति थापाले भनेका थिए ।

Advertisement

सङ्गठनमा देखिएका बेथिति, विकृति र विसङ्गतिलाई प्रश्रय दिन हुन्न भन्ने दृढताका साथ चालिएका कदम ठीक मार्गमा अघि बढिरहेको बताइएको छ । यद्यपि, सङ्गठनमा अझै पनि ‘एलिट गु्रप’ कामय छ, त्यो समूहले सरुवा, सेवा, सुविधालगायत कतिपय विषयमा चलखेल गरिरहन्छ, सङ्गठनमा केही हदसम्म नातागोता, लाभ र मोलायजा अझै हटिसकेको छैन, त्यसलाई पूर्णरुपले निस्तेज तुल्याउने चूनौति छ, नेतृत्वले त्यो बेथितिलाई रोक्न अझै धेरै मेहनत र चनाखो हुनुपर्छ– उनका पूराना सहपाठी भन्छन् ।

सेनालाई योजनाबद्धरुपमा सबल, सुदृढ र सक्षम ढङ्गबाट लैजान दीर्घकालीन सोच तयार गर्न प्रधानसेनापति थापाले भिजन, २०३० अघि सारेका थिए । उक्त भिजन पूर्णरुपमा कार्यान्वयनपश्चात् सेनाको साङ्गठनिक संरचनामा पुनः संरचना भई आधुनिक हात हतियार तथा उपकरणले सुसज्जित, गतिशील, भरपर्दो र सन्तुलित सङ्गठनका रुपमा क्षमता अभिवृद्धि हुने विश्वास गरिएको छ । भिजन, २०३० मा सेनाको लडाइँ लड्ने क्षमता, फायर पावर, मोडालिटी, इन्टेलिजेन्स, सञ्चार प्रणाली, कम्ब्याट इञ्जिनीयरिङ, विशेष फौजको क्षमता अभिवृद्धि, बन्दोबस्ती अवधारणा र नागरिक सैनिक सम्बन्धमा परिणाम देखिने सुधार आउने अपेक्षासहित कार्यान्वयनमा लगिएको छ ।

Advertisement

अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले सङ्गठनभित्र पारदर्शीता र आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा वर्तमान सैनिक नेतृत्वबाट चालिएको अग्रगामी कदमले सेनाको छवी राम्रो बनाउने विश्वास व्यक्त गरे । मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाको प्रमुख जिम्मेवारी नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु हो ।

प्रधानसेनापति थापाको नेतृत्वपछि पुरस्कार र दण्ड सजाय सम्बन्धि निर्देशिका लागू, गुनासो सुन्ने र निकास दिने संयन्त्र विकास, भर्ना छनोट प्रक्रियामा सुधार, सैनिक नीति नियममा समयानुकूल पुनरावलोकन, आचारसंहिता सप्ताह, आर्थिक सुशासनमा कडाइ, शान्ति सेना छनोटमा नयाँ कार्यविधि लागू र डिजिटाइजेसनको विस्तारजस्ता महत्वपूर्ण साङ्गठनिक सुधारका कदम कडाइका साथ चालिएको छ । सङ्गठनमा चालिएका सुधारका कदमले सेनामा नयाँ उर्जा प्रवाह भएको र नागरिक माझ सैनिक छवी उज्ज्वल हुँदै गएको दाबी गरिएको छ ।

“मैले हिरो बन्नका लागि वा सस्तो लोकप्रियताका लागि अलि बढी अग्रगामी भएर प्रणाली र पद्धतिमा भएका कमी कमजोरीमा सुधारको प्रयास थालेको होइन, कठिन भए पनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु”, अघिल्लो वर्षका कार्यक्रममा उनले भनेका थिए । सङ्गठनका बाधा व्यवधानलाई पन्छाएर गलत पद्धति विकास हुन नसक्ने गरी बाटो बनाई दिने अठोट व्यक्त गर्दै उनले भनेका थिए, “सेना आर्थिक पारदर्शीता कायम गर्ने र भ्रष्टाचारको विषयमा सून्य सहनशीलताको नीति अङ्गीकार गर्ने मामिलामा दृढ छ ।”

महारथी थापाको नेतृत्वपछि सेनाका उपल्लो तह (उपरथी) सम्मलाई आर्थिक अनियमितमा संलग्न भएको ठहर गर्दै एकपछि अर्को गर्दै कारवाहीको दायरामा ल्याइएको छ । पछिल्लो समय सेनाका माथिल्लो तहका सैनिकले आफ्नो सम्पति विवरणसमेत वेबसाइटमार्फत सार्वजनिकीकरण गर्ने क्रम बढेको छ । कमाण्ड निर्देशन कार्यान्वनका हिसाबले कार्यकालको पहिला वर्षलाई आधार वर्ष, दोस्रोलाई कार्यान्वयन र तेस्रो वर्ष परिणाम एवं उपलब्धि प्राप्ति वर्षको रुपमा रहने अपेक्षा गरिएको थियो । नेपाली सेना राष्ट्र विकास, खेलकूद, विपद् व्यवस्थापन, वन्यजन्तु तथा पर्यावरणको संरक्षण र सुरक्षाको विकास र विस्तारको जिम्मेवारीमा संलग्न हुँदै आएको छ । जङ्गी अड्डाले प्रधानसेनापतिको मार्गनिर्देशनले परिकल्पना गरेअनुसार प्राप्त बजेटको सदुपयोग भए नभएको यकिन गर्न समयन्त्र गठन गरी अनुगमन र निरीक्षण गर्दै आएको छ ।

पछिल्ला दुई वर्षमा आफ्ना हिताधिकारीको सेवा र सुविधा विस्तारका साथै स्वास्थ्य, तालीम र शिक्षालय विस्तारमा समेत उल्लेखनीय प्रगति हासिल गरेको छ । मुलुकमा कोभिड–१९ को महामारीसँगै यसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागिसमेत नेपाली सेना अग्रपङ्क्तिमा रही राष्ट्रले सुम्पिएको जिम्मेवारी बहन गर्दै आएको छ । दुई वर्षे कार्यकाल पूरा भएको अवसरमा कोभिड–१९ का कारण प्रधानसेनापतिले भर्चुअल माध्यमबाट सकल दर्जालाई बुधबार सम्बोधन गर्ने र जङगी अड्डामा छापा, विद्युतीय र अनलाइन सञ्चार माध्यमका केही प्रधानसम्पादक तथा समाचार प्रमुखसँग हासिल भएको उपलब्धि र भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यक्रम छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top