परिवर्तनका लागि हातेमालोको बृहत सरसफाई अभियान शुक्रबार पनि

विराटनगर,भदौ २९
सामाजिक संस्था परीवर्तनका लागि हातेमालोले शुक्रबार बिराटनगरमा बृहत सरसफाई गरेको छ । ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ साप्ताहिक रुपमा विभिन्न सरसफाई अभियान सञ्चालन गर्दै आएको सो संस्थाले विश्व सरसफाई दिवश २०१८ को अवसरमा बृहत सरसफाई गरेको हो ।

संस्थालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सरसफाईका लागि आवश्यक सय थान औजारहरु उपलब्ध गराएको थियो । औजारहरु वितरण गर्दै मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले सरसफाई अभियान चर्चाका लागि मात्रै नभई सफल रुपमा कार्यान्वयन गर्न सुझाव दिए । उनले युवाहरु सरसफाई जस्तो महत्वपुर्ण कार्यमा अग्रसर भएको बताउदै यसरीनै सवैतिर युवाहरुले अभियान चलाए वातावरण स्वच्छ बन्न समय नलाग्ने दावी गरे ।

Advertisement

 

Advertisement

परीवर्तनका लागि हातेमालोका अभियान्ता तुलसि घिमिरेले परिवर्तनका लागि हातेमालोको ३६ औँ हप्ताको सरसफाई अभियान सकिँदा सम्म आफुहरुले कतैबाट आर्थिक सहयोग नलिएको बताउँदै पहिलो पल्ट मन्त्रालयले सहयोग गरेको जानकारी दिए ।

 

संस्थाका अध्यक्ष विनोद परियारले सरसफाईका लागि औजारहरु सहयोग गरिदिएकोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई धन्यवाद दिँदै सरसफाई अभियानमा निरन्तर लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।

सरसफाई अभियानमा बिराटनगरको हनुमान मन्दिरदेखि देवकोटा चौकसम्म सडक,सडकको पेटी र नाला सरसफाई गरिएको थियो ।नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ र विश्व सरसफाई दिवश २०१८(भाद्र ३०) को अवसरमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाले भाद्र २४ देखि ३० गतेसम्म सरसफाई सप्ताहको आयोजना गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top