NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

पर्यटकमैत्री शहर बन्यो काँकडभिट्टा

आइतवार अशोज २६ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
पर्यटकमैत्री शहर बन्यो काँकडभिट्टा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ असोज, भद्रपुर । 

स्थलमार्गबाट धेरै पर्यटक नेपाल भित्रिने नाका काँकडभिट्टालाई पर्यटकमैत्री शहर बनाउने प्रयास सफल भएको छ । सुविधा सम्पन्न होटल, रमणीय पार्क, व्यवस्थित यातायातको सुविधा, आधुनिक प्रविधियुक्त तलाशी र पर्यटन प्रहरीको परिचालनले काँकडभिट्टा अब पर्यटकीय शहरको रुपमा विकसित भएको हो ।

ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले काँकडभिट्टा प्रवेश गर्ने विदेशी पर्यटकले नेपाल टेक्ने बित्तिकै नेपालको न्यानो आतिथ्य अनुभूति गर्न सकूँन् भनेर स्थानीय समुदाय नै पर्यटकमैत्री वातावरण बनाउन लागिपरेको बताउँछन् ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन काँकडभिट्टामा पर्यटन सूचना कक्ष निर्माण गरिएको छ भने पर्यटन कार्यालयले देशभरिका पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने विभिन्न प्रचार सामग्री पर्यटकहरुलाई उपलब्ध गराउँदै आएको छ । ‘पहिलो प्रभाव नै अन्तिमसम्म रहने भएको हुँदा काँकडभिट्टा पस्ने बित्तिकै पर्यटकले नेपालको पहिलो झलक पाउन सकूँन् भनेर हामी लागिरहेका छौं,’ अध्यक्ष कार्कीले भने– ‘शहरलाई सफा, सुन्दर र पर्यटकमैत्री बनाउने हाम्रो अभियान हो ।’

काँकडभिट्टाका विभिन्न स्थानमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलको जानकारीमूलक बोर्डहरु राखिएका छन् । पर्यटकलाई गन्तव्यसम्म पु¥याउन स्थल तथा हवाई यातायातको सुविधाका लागि आवश्यक सबै प्रबन्ध काँकडभिट्टामै उपलब्ध छ । भारतको पश्चिम बङ्गाल, आसाम र सिक्किमबाट नजीक रहेको र भूटान, बंगलादेश र म्यान्मारबाट आउने पर्यटकको प्रवेशद्वार समेत काँकडभिट्टा नै भएकाले यस शहरलाई पर्यटनमैत्री बनाइएको होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङ बताउँछन् ।

नेपाल आउने पर्यटकलाई लक्ष्य गरेर काँकडभिट्टा र आसपासका क्षेत्रमा पाँचतारेसहितका ठूला होटल सञ्चालनमा ल्याइएका छन् भने विदेशीहरुलाई मनोरञ्जन प्रदान गर्ने तीनवटा क्यासिनो छन् । अध्यक्ष तामाङका अनुसार नाकाबाट भित्रिएका पर्यटकलाई सर्वसुलभ मूल्यमा नेपाली परिकार खुवाउने, नेपाली संंस्कार र संस्कृति झल्कने पहिरन लगाएर फोटो खिचाउने र मीठो बोलीले सत्कार गर्ने अभियान चलाइएको छ ।

पर्यटकका लागि दोहोरी साँझको समेत व्यवस्था गरिएको छ । चन्द्रगढी विमानस्थल पुग्न प्रयोग हुने भाडाका ट्याक्सीका चालकहरुले पर्यटकहरुलाई मीठो बोली र व्यवहारले सत्कार गर्दै आएको उनी बताउँछन् । भारतीय नेपालीभाषीहरुका लागि काँकडभिट्टा साहित्यिक तीर्थस्थल जस्तै बनाइएको भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती बताउँछन् । काँकडभिट्टामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिकसहितको बाल उद्यानले नेपालीभाषी भारतीय पर्यटकको ध्यान खिच्ने गरेको छ ।

काँकडभिट्टामा महाकवि देवकोटाको मात्र होइन आदिकवि भानुभक्त आचार्यको समेत पूर्णकदको सालिक र किराँत भाषाका लिपिकार सिरिजङ्गा र राजा बलिहाङको अर्धकदको सालिक निर्माण गरिएका छन् । राष्ट्रिय धरोहरहरुको सालिक स्थापनाले मुलुक बाहिरका नेपालीभाषीहरुका लागि काँकडभिट्टा पूजनीय थलोको रुपमा चिनिएको उप्रेती बताउँछन् ।

काँकडभिट्टा बसपार्कमा मेचीनगर नगरपालिका वडा नं ६ ले पानीको फोहोरासहितको चौताराहरु निर्माण गरेको छ । चौतारामा बसेर बिहान होस् या बेलुका पर्यटकहरु रङ्गीचङ्गी फोहोरा हेर्दै रमाउने गर्छन् । नेपाली राजनीतिका सर्वोच्च नेताहरु पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरेको बाटिका काँकडभिट्टाको अर्को पर्यटकीय गन्तव्य बन्न पुगेको छ ।

पूर्वी प्रवेशद्वारबाट करीब ५०० मिटर वरिपरि रहेका यी आकर्षक स्थलहरुको निर्माण र संरक्षणमा स्थानीय युवा जमातको महत्वपूर्ण भूमिका रहेको देवकोटा पार्क व्यवस्थापन समितिका सचिव फडिन्द्र घिमिरे बताउँछन् । ‘कुनै बेला लागुऔषध दुव्र्यसनीको अखडा बनेको काँकडभिट्टालाई पर्यटक शहरको रुपमा विकसित गर्न स्थानीय युवाले गरेको योगदान सराहनीय छ,’ घिमिरे भन्छन्– ‘देवकोटा पार्कलाई सजाउन हामीले सरकारी अनुदानको मात्र भर नपरी चन्दा सङकलन समेत गरेका छौं ।’

काँकडभिट्टा यातायातको प्रस्थान विन्दु समेत भएको हुँदा काठमाडौं, लुम्बिनी, पोखरा, जनकपुरलगायतका महत्वपूर्ण पर्यटकीय शहर पुग्न लामो दूरीका बस सेवालाई पर्यटकमैत्री बनाइएको मेची बस यातायात प्रालिका उपाध्यक्ष विष्णु श्रेष्ठ बताउँछन् । बसपार्कमा यात्रु तानातान गर्न प्रतिबन्ध लगाइएको छ भने पर्यटकलाई सुविधा होस् भनेर बसपार्कमै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले होटल तथा यातायात व्यवसायीलाई पर्यटक तान्न नदिन, उनीहरुलाई सुरक्षित महशुस गराउन र कसैबाट पनि दुव्र्यवहार हुन नदिन पर्यटन प्रहरीसहित सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको बताए । उनका अनुसार पर्यटकको सुरक्षाका लागि आठ पर्यटन प्रहरी खटाइएका छन् ।

प्रदेश नं १ को काँकडभिट्टा र खोलुखुम्बुमा मात्र पर्यटन प्रहरी परिचालित छ । पर्यटन प्रहरी प्रमुख सुवास तामाङले पर्यटकको सुरक्षा गर्ने, उनीहरुलाई आवश्यक परामर्श दिने र कागजात मिलाउने प्रक्रियामा पर्यटन प्रहरीले सघाउने बताए ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नगरका पर्यटकीय स्थानको पहिचानसहित विकास र प्रवद्र्धन गर्न समिति बनाइएको बताए । उपप्रमुख उप्रेतीको संयोजकत्वमा बनेको समितिमा होटल व्यवसायी, उद्योग वाणिज्य सङ्घलगायत विभिन्न सङ्घसंस्थालाई समेटिएको छ । समितिले नाकालाई सुन्दर बनाउन र पर्यटकमैत्री नगरको रुपमा विकास गर्न सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरेको उनले बताए ।

काँकडभिट्टामै रहेको सशस्त्र प्रहरी बेस क्याम्पको कार्यालय नजिकै रहेको अग्लो स्थानमा पर्यटकलाई आकर्षण गर्न प्रदेश सरकारको रु. २ करोड र मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा भ्यू टावर निर्माण यसै वर्षभित्रमा गरिने भएको छ ।

पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं १ सरकारले गठन गरेको प्रदेशस्तरीय समितिका सदस्य अर्जुन कार्की जिल्ला, नगर र वडास्तरीय पर्यटन समिति बनाएर पर्यटकमैत्री तालीमको व्यवस्था गरिने बताउनुहुन्छ । काँकडभिट्टामै प्रदेश स्तरीय पर्यटन कार्यालयसमेत रहेको छ । –चन्द्रकला भण्डारी/रासस

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.