×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026

पर्यटकमैत्री शहर बन्यो काँकडभिट्टा

२६ आश्विन २०७६

२६ असोज, भद्रपुर । 

स्थलमार्गबाट धेरै पर्यटक नेपाल भित्रिने नाका काँकडभिट्टालाई पर्यटकमैत्री शहर बनाउने प्रयास सफल भएको छ । सुविधा सम्पन्न होटल, रमणीय पार्क, व्यवस्थित यातायातको सुविधा, आधुनिक प्रविधियुक्त तलाशी र पर्यटन प्रहरीको परिचालनले काँकडभिट्टा अब पर्यटकीय शहरको रुपमा विकसित भएको हो ।

Advertisement
Advertisement

ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले काँकडभिट्टा प्रवेश गर्ने विदेशी पर्यटकले नेपाल टेक्ने बित्तिकै नेपालको न्यानो आतिथ्य अनुभूति गर्न सकूँन् भनेर स्थानीय समुदाय नै पर्यटकमैत्री वातावरण बनाउन लागिपरेको बताउँछन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन काँकडभिट्टामा पर्यटन सूचना कक्ष निर्माण गरिएको छ भने पर्यटन कार्यालयले देशभरिका पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने विभिन्न प्रचार सामग्री पर्यटकहरुलाई उपलब्ध गराउँदै आएको छ । ‘पहिलो प्रभाव नै अन्तिमसम्म रहने भएको हुँदा काँकडभिट्टा पस्ने बित्तिकै पर्यटकले नेपालको पहिलो झलक पाउन सकूँन् भनेर हामी लागिरहेका छौं,’ अध्यक्ष कार्कीले भने– ‘शहरलाई सफा, सुन्दर र पर्यटकमैत्री बनाउने हाम्रो अभियान हो ।’

काँकडभिट्टाका विभिन्न स्थानमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलको जानकारीमूलक बोर्डहरु राखिएका छन् । पर्यटकलाई गन्तव्यसम्म पु¥याउन स्थल तथा हवाई यातायातको सुविधाका लागि आवश्यक सबै प्रबन्ध काँकडभिट्टामै उपलब्ध छ । भारतको पश्चिम बङ्गाल, आसाम र सिक्किमबाट नजीक रहेको र भूटान, बंगलादेश र म्यान्मारबाट आउने पर्यटकको प्रवेशद्वार समेत काँकडभिट्टा नै भएकाले यस शहरलाई पर्यटनमैत्री बनाइएको होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङ बताउँछन् ।

नेपाल आउने पर्यटकलाई लक्ष्य गरेर काँकडभिट्टा र आसपासका क्षेत्रमा पाँचतारेसहितका ठूला होटल सञ्चालनमा ल्याइएका छन् भने विदेशीहरुलाई मनोरञ्जन प्रदान गर्ने तीनवटा क्यासिनो छन् । अध्यक्ष तामाङका अनुसार नाकाबाट भित्रिएका पर्यटकलाई सर्वसुलभ मूल्यमा नेपाली परिकार खुवाउने, नेपाली संंस्कार र संस्कृति झल्कने पहिरन लगाएर फोटो खिचाउने र मीठो बोलीले सत्कार गर्ने अभियान चलाइएको छ ।

पर्यटकका लागि दोहोरी साँझको समेत व्यवस्था गरिएको छ । चन्द्रगढी विमानस्थल पुग्न प्रयोग हुने भाडाका ट्याक्सीका चालकहरुले पर्यटकहरुलाई मीठो बोली र व्यवहारले सत्कार गर्दै आएको उनी बताउँछन् । भारतीय नेपालीभाषीहरुका लागि काँकडभिट्टा साहित्यिक तीर्थस्थल जस्तै बनाइएको भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती बताउँछन् । काँकडभिट्टामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिकसहितको बाल उद्यानले नेपालीभाषी भारतीय पर्यटकको ध्यान खिच्ने गरेको छ ।

काँकडभिट्टामा महाकवि देवकोटाको मात्र होइन आदिकवि भानुभक्त आचार्यको समेत पूर्णकदको सालिक र किराँत भाषाका लिपिकार सिरिजङ्गा र राजा बलिहाङको अर्धकदको सालिक निर्माण गरिएका छन् । राष्ट्रिय धरोहरहरुको सालिक स्थापनाले मुलुक बाहिरका नेपालीभाषीहरुका लागि काँकडभिट्टा पूजनीय थलोको रुपमा चिनिएको उप्रेती बताउँछन् ।

काँकडभिट्टा बसपार्कमा मेचीनगर नगरपालिका वडा नं ६ ले पानीको फोहोरासहितको चौताराहरु निर्माण गरेको छ । चौतारामा बसेर बिहान होस् या बेलुका पर्यटकहरु रङ्गीचङ्गी फोहोरा हेर्दै रमाउने गर्छन् । नेपाली राजनीतिका सर्वोच्च नेताहरु पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरेको बाटिका काँकडभिट्टाको अर्को पर्यटकीय गन्तव्य बन्न पुगेको छ ।

पूर्वी प्रवेशद्वारबाट करीब ५०० मिटर वरिपरि रहेका यी आकर्षक स्थलहरुको निर्माण र संरक्षणमा स्थानीय युवा जमातको महत्वपूर्ण भूमिका रहेको देवकोटा पार्क व्यवस्थापन समितिका सचिव फडिन्द्र घिमिरे बताउँछन् । ‘कुनै बेला लागुऔषध दुव्र्यसनीको अखडा बनेको काँकडभिट्टालाई पर्यटक शहरको रुपमा विकसित गर्न स्थानीय युवाले गरेको योगदान सराहनीय छ,’ घिमिरे भन्छन्– ‘देवकोटा पार्कलाई सजाउन हामीले सरकारी अनुदानको मात्र भर नपरी चन्दा सङकलन समेत गरेका छौं ।’

काँकडभिट्टा यातायातको प्रस्थान विन्दु समेत भएको हुँदा काठमाडौं, लुम्बिनी, पोखरा, जनकपुरलगायतका महत्वपूर्ण पर्यटकीय शहर पुग्न लामो दूरीका बस सेवालाई पर्यटकमैत्री बनाइएको मेची बस यातायात प्रालिका उपाध्यक्ष विष्णु श्रेष्ठ बताउँछन् । बसपार्कमा यात्रु तानातान गर्न प्रतिबन्ध लगाइएको छ भने पर्यटकलाई सुविधा होस् भनेर बसपार्कमै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले होटल तथा यातायात व्यवसायीलाई पर्यटक तान्न नदिन, उनीहरुलाई सुरक्षित महशुस गराउन र कसैबाट पनि दुव्र्यवहार हुन नदिन पर्यटन प्रहरीसहित सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको बताए । उनका अनुसार पर्यटकको सुरक्षाका लागि आठ पर्यटन प्रहरी खटाइएका छन् ।

प्रदेश नं १ को काँकडभिट्टा र खोलुखुम्बुमा मात्र पर्यटन प्रहरी परिचालित छ । पर्यटन प्रहरी प्रमुख सुवास तामाङले पर्यटकको सुरक्षा गर्ने, उनीहरुलाई आवश्यक परामर्श दिने र कागजात मिलाउने प्रक्रियामा पर्यटन प्रहरीले सघाउने बताए ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नगरका पर्यटकीय स्थानको पहिचानसहित विकास र प्रवद्र्धन गर्न समिति बनाइएको बताए । उपप्रमुख उप्रेतीको संयोजकत्वमा बनेको समितिमा होटल व्यवसायी, उद्योग वाणिज्य सङ्घलगायत विभिन्न सङ्घसंस्थालाई समेटिएको छ । समितिले नाकालाई सुन्दर बनाउन र पर्यटकमैत्री नगरको रुपमा विकास गर्न सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरेको उनले बताए ।

काँकडभिट्टामै रहेको सशस्त्र प्रहरी बेस क्याम्पको कार्यालय नजिकै रहेको अग्लो स्थानमा पर्यटकलाई आकर्षण गर्न प्रदेश सरकारको रु. २ करोड र मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा भ्यू टावर निर्माण यसै वर्षभित्रमा गरिने भएको छ ।

Advertisement

पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं १ सरकारले गठन गरेको प्रदेशस्तरीय समितिका सदस्य अर्जुन कार्की जिल्ला, नगर र वडास्तरीय पर्यटन समिति बनाएर पर्यटकमैत्री तालीमको व्यवस्था गरिने बताउनुहुन्छ । काँकडभिट्टामै प्रदेश स्तरीय पर्यटन कार्यालयसमेत रहेको छ । –चन्द्रकला भण्डारी/रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top