मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि अनुगमन सुरु

१० कात्तिक २०८३, मंगलबार
Share this
735shares

१० कार्तिक , काठमाण्डौ ।

Advertisement

वैदेशिक रोजगार विभागले आज मंगलबारदेखि मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीमाथि कानुनी विधि पु¥याएर थाल्यो अनुगमन ।

मलेसियाको एफ.डब्लू.सी.एम.एसमा छनोट भएका २५ म्यानपावरमाथि अनुगमन सुरु भएको विभागका महानिर्देशक नवराज ढकालको जानकारी ।

Advertisement

विभागले यसअघि नै सञ्चालकमाथि पक्राउ पुर्जी जारी गरेर प्रक्रिया अघि बढाएको पनि उल्लेख ।

अनुगमनका क्रममा केही कैफियत भेटेमा तत्काल कारबाही गरिने दाबी।

Advertisement

अनुगमनको लागि अनुसन्धान अधिकृत पनि तोकेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी ।

मलेसिया रोजगारीमा देखिएको समस्या समाधानको लागि आपसी संवाद गर्न भन्दै नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा द्विपक्षीय संयन्त्र संयुक्त कार्य समूहको बैठक राख्न श्रम मन्त्रालयको प्रस्ताव ।

विभागले ती म्यानपावरले एकाधिकार गरी आफै मात्रै मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा आबद्ध भएको भन्दै छानबिन गर्दै।

म्यानपावर व्यवसायीहरूले भने कूटनीतिक माध्यमबाट आफूहरूलाई मलेसियाको सूचीबाट हटाइदिन नेपाल सरकार समक्ष अनुरोध गरेका थिए ।

वैदेशिक रोजगार विभागद्वारा पक्राउ पुर्जी जारी भएका मलेसियाद्वारा छनोट गरिएका २५ म्यानपावर कम्पनीका सञ्चालकसहितका व्यवसायीलाई आजै ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्ने सूचना सार्वजनिक ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top