१० कार्तिक , काठमाण्डौ ।
नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढ्दा चाँदी भने घट्यो ।
सोमबार तोलामा तीन हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढ्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँ कायम ।
सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घट्यो ।
सोमबार प्रतितोला तीन हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ७० रूपैयाँमा कारोबार हुँदै ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ कम ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



