१० कार्तिक , काठमाण्डौ ।
इंग्ल्यान्डका कप्तान तथा बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले जिते सन् २०२६ को प्रतिष्ठित बालोन डी’ओर अवार्ड ।
उत्कृष्ट प्रदर्शनका आधारमा उनले करिअरमा पहिलोपटक यो व्यक्तिगत अवार्ड आफ्नो नाममा पारेका हुन्।

केन २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी समेत बने ।
यसअघि सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए।

सोमबार लन्डनमा आयोजित समारोहमा अवार्ड ग्रहण गरेपछि केनले आफू निःशब्द भएको प्रतिक्रिया दिए।
उनले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गर्दै यस वर्ष प्रतिस्पर्धा निकै कठिन रहेको बताए।
सन् २०२३ मा टोटेनहम हट्सपर छाडेर बायर्न म्युनिख पुगेका केनले २०२५–२६ सिजनमा उत्कृष्ट प्रदर्शन गरे।
उनले बायर्नका लागि सबै प्रतियोगितामा ५१ खेल खेल्दै ६१ गोल गरे।
उनको योगदानमा क्लबले घरेलु लिग र कपको उपाधि जित्यो।
क्लब र राष्ट्रिय टोलीबाट उनले सिजनभर कुल ७३ गोल गरेको विवरणमा उल्लेख छ।
विश्वकपमा ६ गोल गर्दै उनले इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पु¥याउन पनि महत्त्वपूर्ण भूमिका खेले।
महिलातर्फ स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रोपटक बालोन डी’ओर जितेकी छन्।
बार्सिलोनाको सफलतामा महत्त्वपूर्ण योगदान दिएकी उनी जुलाईमा लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन्।



