साउदीस्थित नेपाली दूतावासको पाँचबुँदे अपिलःसतर्क रहनुस्

१० कात्तिक २०८३, मंगलबार
Share this
755shares

१० कार्तिक , काठमाण्डौ ।

Advertisement

साउदी अरेबियामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह ।

साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै दूतावासले सोमबार पाँचबुँदे आग्रह सार्वजनिक गरेको हो।

Advertisement

दूतावासद्वारा नेपाली नागरिकलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन, सम्बन्धित निकायबाट जारी गरिएका आधिकारिक निर्देशनहरू पालना गर्न र कुनै पनि जोखिमपूर्ण गतिविधिबाट टाढा रहन अनुरोध ।

त्यसैगरी, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र हल्लामा विश्वास नगर्न तथा त्यस्ता जानकारी अरूलाई नफैलाउन पनि दूतावासको आग्रह ।

Advertisement

यात्रा गर्दा आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायले जारी गरेका सुरक्षा सूचनालाई ध्यान दिनसमेत नेपाली नागरिकलाई अनुरोध ।

कुनै समस्या, आपत्कालीन अवस्था वा सुरक्षासम्बन्धी कठिनाइ आइपरेमा नेपाली दूतावाससँग सम्पर्क गर्न पनि आग्रह ।

दूतावासले नेपाली नागरिकलाई आधिकारिक सूचनामा भर पर्न र परिस्थितिअनुसार सावधानी अपनाउन अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top