एनपीएलमा आज दुई खेल हुँदै

१० कात्तिक २०८३, मंगलबार
Share this
700shares

१० कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै ।

प्रतियोगिताको पहिलो दिन सोमबार एकमात्र खेल भएको थियो, जसमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्याे ।

Advertisement

आज मध्यान्न चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुने ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंका लगायतका खेलाडी छन्।

Advertisement

विराटनगरसँग भिड्न लागेको चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन्।

चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रवि बोपारा, सिकन्दर राजा, हसन अली र उसामा मीरलगायतका खेलाडी समावेश ।

आज साँझ हुने खेलमा जनकपुर बोल्ट्सले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।

जनकपुरको टोलीमा कुशल परेरा, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमदजस्ता खेलाडी छन्।

कर्णालीमा डेभिड मिलर, पवन सर्राफ र अन्य प्रतिभाशाली खेलाडी समावेश छन्।

एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्।

पहिलो क्वालिफायर मङ्सिर १ गते, इलिमिनेटर मङ्सिर २ गते र दोस्रो क्वालिफायर मङ्सिर ३ गते हुनेछ।

प्रतियोगिताको फाइनल मङ्सिर ५ गते तय ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top