१० कार्तिक , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले वेबसाइट लगायतका अनलाइन सेवा अस्थायी रूपमा बन्द रहे पनि इमेलमार्फत गुनासो सुनुवाइ तथा अन्य सेवा सञ्चालन गर्न थाल्यो ।
वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकले आफ्ना डिजिटल सेवा अस्थायी रूपमा बन्द गरेको थियो।

सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले विगत एक सातादेखि वेबसाइटसहितका सेवा बन्द गरेको हो।
यसका कारण नियमित रूपमा वेबसाइटमार्फत उपलब्ध हुँदै आएका केही सेवा प्रभावित भएका थिए।

सेवा अवरुद्ध हुँदा पनि सेवाग्राहीलाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले इमेलमार्फत सेवा दिन थालेको उल्लेख ।
अहिले इमेलबाट गुनासो सुनुवाइका साथै एनसीटीएस र एलसीसम्बन्धी सेवासमेत प्रदान गर्न थालिएको छ।
पीएचपी प्रविधिमा देखिएको सुरक्षा कमजोरीले विश्वव्यापी रूपमा वेबसाइट तथा अनलाइन प्रणालीको सुरक्षामा चुनौती उत्पन्न गरेपछि जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकद्वारा सम्भावित सुरक्षा समस्या रोक्न आफ्ना सेवा अस्थायी रूपमा बन्द



