१० कार्तिक , काठमाण्डौ ।
काठमाडौंको कलंकीस्थित नेपाली कांग्रेसकी समानुपातिक सांसद उर्मिला थपलियाको डेराबाट सुन र नगद चोरी गरेको आरोपमा चार जना पक्राउ ।
आइतबार साँझ पक्राउ परेका उनीहरूको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार दसैँको बिदामा डेरामा कोही नभएको मौका छोपेर आरोपीहरूले आठ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी गरेका थिए।
घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भन्ने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।
अनुसन्धानका क्रममा उक्त समूहले कात्तिक ६ गते काठमाडौं महानगरपालिका–१४ स्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरमा समेत चोरी गरेको खुलेको प्रहरीको भनाइ ।
प्रहरी टोलीले आरोपीहरूले लुकाएर राखेको अवस्थामा सुनजस्तो देखिने धातुका सिक्री, बाला, औँठी तथा विभिन्न मूर्तिसहित चाँदीजस्तो देखिने धातुका गरगहना र पूजाका सामग्री बरामद गरेको छ।
बरामद सामग्रीमा विभिन्न कम्पनीका १६ थान मोबाइल, १० थान घडी र १२ हजार ३१० भारतीय रुपैयाँ पनि रहेका छन्।



