पर्यटन प्रवद्र्धनलाई प्राथमिकता: हिमालय पदमार्गको डिपिआर बनाइने

१५ जेठ ७८, आइतबार

१६ जेठ, काठमाडौँ ।

सरकारले अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता र अतुलनीय सामाजिक÷सांस्कृतिक बहुलताबाट प्राप्त पर्यटकीय सम्भावनाको उपयोग गरी नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य निर्धारण गरेको छ ।

यसबाट कोरोना कहरका कारण ठप्प भएको पर्यटन क्षेत्रमा नयाँ उभार आउने सरकारको विश्वास छ ।

Advertisement

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विविधीकरण र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

सरकारले सन्दकपुर, धनुषाधाम, इनद्रसरोवर, पञ्चासे, निग्लिहवा, कुपिण्डे दह र भादगाउँलगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गर्ने तथा मुक्तिनाथ क्षेत्रको आनी गुम्बा र कागबेनीको पिण्डस्थान पुनःनिर्माण कार्यलाई निरन्तरता दिन प्राथमिकता राखेको छ ।

Advertisement

यस्तै काठमाडौँ उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग, हाइकिङ डेस्टिनेसन एवं साइक्लिङ ट्रेल निर्माण गर्ने तथा फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माणलाई बजेटले प्राथमिकतामा राखेको छ ।

दार्चुलाबाट ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, चुरे तथा महाभारत शृङ्खलाका सम्भाव्य स्थानमा होटल, मोटल, रिसोर्टलगायत शीतल आवास निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराउने विषय बजेटमा समावेश छ ।

रारा, शे–फोक्सुण्डो ताल, खप्तडलगायत प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

तल्लो डोल्पा, हुम्लाको सिमीकोट, धादिङको रुबीभ्याली, दोलखाको रोल्वालिङ, ताप्लेजुङको ओलाङचुङ्गोलालगायतका क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिनेछ भने पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा तथा उद्धारका लागि जिपिएस ट्र्याकिङसहितको एकीकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने सरकारले प्राथमिकता निर्धारण गरेको छ ।

बजेटमा इलामको माइपोखरी, सुनसरीको बर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, पाल्पाको सत्यवती ताल, रुकुमको स्यार्पु ताल, कैलालीको बेहेडाबाबा ताललगायतका महत्वपूर्ण तालको संरक्षण एवं सौन्दर्य अभिवृद्धि गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्राथमिकता निर्धारण गरिएको छ ।

माउण्टेनियरिङ, बन्जीजम्पिङ, रकक्लाइम्बिङ, –याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन, कायाकिङलगायतका साहसिक पर्यटन प्रवद्र्धन गर्दै साहसिक पर्यटनका क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न बजेट केन्द्रित छ ।

स्थानीय तह र निजी क्षेत्रको समन्वय एवं सहकार्यमा कृषि पर्यटन, पर्या–पर्यटन, हिमालयन योगा पर्यटन, उच्च उचाइ खेल पर्यटन, शैक्षिक पर्यटन र सम्मेलन पर्यटन प्रवद्र्धन पनि बजेटमा समावेश छ ।

सिमरौनगढ, मकवानपुरगढी, सिन्धुलीगढी, जितगढीलगायत ऐतिहासिक गढी–किल्लाको संरक्षण र विकास गर्ने तथा धार्मिक–सांस्कृतिक तथा सिमसार क्षेत्रमा परिपथ निर्माण गर्न विस्तृत अध्ययन गर्न बजेट उपलब्ध गराइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top