पहिरोमा पुरिएर बुवा–छोराको मृत्यु, आमा घाइते

१४ असार ७७, सोमबार

१५ असार, धनगढी ।
आइतबार राती पहिरोमा पुरिएर दार्चुलाका बुवा–छोराको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर आमा गम्भीर घाइते भएकी छन् । नौगाड गाउँपालिका ४ होपरीमा विद्युतको नहर भत्किदा गएको पहिरोले बाबु छोराको मृत्यु भएको हो भने आमा गम्भीर घाइते भएकी हुन् ।

आइतबार राति १२ बजेतिर घरमाथि रहेको होपरी जलविद्युतको नहर भत्किँदा गएको पहिरोले स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका चार वर्षीय छोरा सुसान्त महताको मृत्यु भएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

Advertisement

उनका अनुसार चन्द्रकी श्रीमती चनमति महता गम्भिर घाइते रहेको र उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको छ । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उन बताए ।

‘योसँगै थप दुईवटा घरमा पनि पहिरोले क्षति पुर्‍याएको खबर आएको छ’ सहायक प्रहरी निरीक्षक चन्दले भने, ‘प्रहरीको टोली घटना स्थल तर्फ गइरहेको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top