पाँचौ महिला साफ च्याम्पियनसिप : उद्घाटनमा जे देखियो (फोटो फिचरसहित)

विराटनगर, फागन २९
आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुछानलाई ३– ० ले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे । नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो । खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो । १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् ।

Advertisement

एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो हाफमा एकपछि अर्को गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।

खेलअवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो । एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन ।

Advertisement

 

 

जितका बाबजुत पनि सुरु खेल भएकोले नेपालले अपेक्षितरुपमा राम्रो खेल्न नसकेको नेपाली टिमका प्रशिक्षक हरि खड्काले बताए । उनले आगामि दिनमा सुधार गरेर जाने बताए ।त्यस्तै भुटानका प्रशिक्षक सुङ जुयन लीले आयोजकले कमजोर ब्यबस्थापन गरेको बताउँदै तयारी गर्न नपाउँदा नतीजा सन्तोषजनक नभएको गुनासो गरे ।

पाँचौँ महिला साफ च्याम्पियनसिपको उद्घाटन नेपालका पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साफ च्याम्पियनसिपको बेलुन उडाएर उद्घाटन् गरेका थिए । दाहालले सरकारले खेल क्षेत्रलाई प्रथामिकतामा राखेको बताउँदै महिला खेलाडिको सहभागिता र सफलता गर्वको विषय भएको बताए ।

 

उनले प्रदेश १ मा यति ठुलो प्रतियोगिता गराएकोमा आयोजकलाई धन्यवाद दिए ।उद्घाटन कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई,विराटनगर महानगरपनलिकाका मेयर भीम पराजुलीले आफ्ना भनाई राखेका थिए ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top