पाकिस्तानमा विद्युतीय मतदानको अनुमति

२५ बैशाख ७८, आइतबार

२६ बैशाख, एजेन्सी । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धी एउटा कानुनमा हस्ताक्षर गरेका छन् ।

साथै विदेशमा रहेका पाकिस्तानी नागरिले पनि देशको संसदीय चुनावमा मतदान गर्न पाउने विधेयकलाई मञ्जुरी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा पाकिस्तानी निर्वाचन आयोगलाई आमनिर्वाचनको प्रयोजनका निम्ति विद्युतीय मतदान मेसिन खरिद गर्न सक्ने अख्तियारी दिइएको उल्लेख छ ।

Advertisement

निर्वाचन सम्बन्धी कानुनमा गरिएको संशोधन बमोजिम अबका दिनहरुमा पाकिस्तानमा हुने संसदको निर्वाचन र उपचुनावमा विदेशमा रहेबसेका पाकिस्तानी नागरिकलाई मतदानको अधिकार हुनेछ ।

संशोधित निर्वाचन सम्बन्धी कानुनमा भनिएको छ, “निर्वाचन आयोगले राष्ट्रिय तथ्याँक तथा दर्ता निकाय वा अन्य सरकारी निकायसँग प्राविधिक सहायता लिएर निर्वाचनका समयमा मतदानको व्यवस्था गर्न सक्नेछ ।”

Advertisement

प्रधानमन्त्री इमरान खानको मन्त्रिपरिषदले मतदानको अधिकार सम्बन्धी अध्यादेश जारी गरेको हो । यसअघि पनि कानुनमा केही व्यवस्था गरेर मतदानको अधिकार, विद्युतीय मतदान मेसिनको प्रयोग तथा बायोमेट्रिक परीक्षण मेसिनको प्रयोगलाई नमुनाका रुपमा उपनिर्वाचनमा प्रयोग गरिएको थियो ।

राष्ट्रपतिको पछिल्लो आदेशसँगै आगामी सन् २०२३ मा हुने संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगका लागि बाटो खुलेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top