पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स मुम्बईमा आकस्मिक अवतरण

२३ बैशाख ७८, शुक्रबार

२४ वैशाख, काठमाडौं । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।

एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए । स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।

सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो । नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले यस घटनाको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।

Advertisement

आकस्मिक अवतरणको क्रममा विमानमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । साथै उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

त्यसपछि सफलतापूर्वक विमानलाई अवतरण गराइएको बीबीसीले जनाएको छ । सो एयर एम्बुलेन्समा रहेका विरामीलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । आकस्मिक अवतरणको क्रममा केहीबेर मुम्बई एयरपोर्टमा अन्य उडान–अवतरण बन्द गरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top