पाटन अस्पतालमा उपचारारत ५४ वर्षीय संक्रमितको मृत्यु

१० भदौ ७७, बुधबार

१० भाद्र, काठमाडौं ।
मंगलबार राति काठमाडौंका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

Advertisement

५४ वर्षीय पुरुषको गए रात ९ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। गएको साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ती व्यक्तिमा कोभिड १९ पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। अस्पताललाई उदृत गर्दै स्वास्थ्य कार्यालयले आज बिहान उनको मृत्युको पुष्टि गरेको हो।

नेपालमा कोरोना संक्रमणबाट १ सय ६४ जनाको मृत्यु भइसकेको छ। हिजोमात्र काठमाडौं महानगरपालिका वडा नम्बर २२ का एक व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top