पाठ्यपुस्तक आपूर्तिका लागि तयार रहन मन्त्रालयको निर्देशन

२३ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन आउनासाथ पाठ्यपुस्तक ढुवानी गर्न सक्ने/नसक्ने स्पष्टीकरण लिएको छ ।

मन्त्रालयले जनक शिक्षा समग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक महेश तिमल्सिनालाई मन्त्रालयमा बोलाएर पाठ्यपुस्तकको अवस्था बुझ्दै ढुवानीका लागि तयार हुन निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहितको सोमबारको बैठकमा प्रबन्ध सञ्चालक तिमल्सिनाले क्षेत्रीय कार्यालयमा पुस्तक पठाउने काम भइरहेको बताएका थिए ।

Advertisement

मन्त्रालयका प्रवक्ता दीपक शर्माले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवाका रूपमा लिँदै ढुवानीको वातावरण मिलाउन सरकारसमक्ष आग्रह गर्ने विषयमा छलफल भएको बताए ।

जनक शिक्षाले एजेन्टमार्फत सबै स्थानीय तहमार्फत विद्यार्थीको घर–घरमा पाठ्यपुस्तक पु¥याउने गरी तयारी थालेको छ । त्यसका लागि जनक शिक्षाले सबै क्षेत्रीय कार्यालयमार्फत ढुवानी गर्ने व्यवस्था गरेको छ ।

Advertisement

जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले विराटनगरबाहेक सबै क्षेत्रीय कार्यालयमा पाठ्यपुस्तक ढुवानी शुरू भएको जानकारी दिए । जनकले हालसम्म १ करोड ७० लाख थान पाठ्यपुस्तक छपाइ गरिसकेको छ ।

करिब ३० लाख थान पुस्तक छपाइ गर्न बाँकी रहेको प्रवक्ता आचार्यले जानकारी दिए । उनका अनुसार सरकारले पुस्तक पु¥याउने निर्देशन दिएलगत्तै एजेन्ट कहाँ पु¥याउने र एजेन्टले स्थानीय तहमार्फत घर–घरमा पुस्तक पु¥याउने व्यवस्था गर्न लागेको छ ।

हिजोको बैठकले सबै विद्यालयलाई वैशाख मसान्तभित्र १–९ कक्षाको परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएको छ । त्यस्तै परीक्षामा उत्तीर्ण विद्यार्थीलाई विद्यालय नआउने गरी भर्ना प्रक्रिया शुरू गर्नसमेत निर्र्देशन दिने तयारी गरेको छ ।

प्रवक्ता शर्माका अनुसार विद्यार्थीलाई घरमै बसेर नयाँ कक्षामा भर्ना हुने प्रक्रिया थाल्न स्थानीय तहमार्फत सबै विद्यालयलाई निर्देशन दिने निर्णय गरेकोे जानकारी दिए ।

उनले यही अवस्थामा रकम उठाएर भर्ना गर्ने प्रक्रिया बन्द गर्न सबैलाई निर्देशन दिने तयारी भइरहेको जानकारी गराए । बैठकले तत्कालका लागि भर्ना प्रक्रिया शुरू गर्ने, विद्यार्थीको घरमै पुस्तक पु¥याउने र जनकलाई पुस्तक ढुवानी गर्ने विषयमा निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा निजी विद्यालयहरूले परीक्षाफल प्रकाशित गरे पनि सामुदायिक विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका थिएनन् ।

सामुदायिक विद्यालयले सरकारी निर्णय कुरेर बसेका थिए । मन्त्रालयले निर्णय गरेलगत्तै सबै सामुदायिक र सरकारी विद्यालयले भर्ना प्रक्रिया शुरू गर्ने बाटो खुला भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top