‘पानीपत’को धमाकेदार ट्रेलर सार्वजनिक, अर्जुन र सञ्जयबीच घमासान युद्ध

१९ कात्तिक ७६, बुधबार

एजेन्सी, कात्तिक १९।
अर्जुन कपूर, सञ्जय दत्त, कृति सेनन स्टारर फिल्म ‘पानीपत’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक आशुतोष गोवारिकरले निर्देशन गरेको सो फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देख्न पाइन्छ ।

ट्रेलरमा अर्जुन र कृतिको केमेस्ट्री पनि देखाइएको छ । दमदार डाइलगले भरिएको ट्रेलरमा सञ्जय दत्तलाई खतरनाक अवतारमा देख्न सकिन्छ । फिल्ममा उनी नेगेटिभ रोलमा छन् ।

अर्जुनले फिल्ममा सदाशिव राव भाऊको भूमिका निभाएका छन् । जो पेशवा बाजीराव प्रथमका भतिज थिए र पानीपतको तेस्रो लडाईंमा मराठा सेनाको सरदार सेनापतिकोे रुपमा सेवारत थिए । फिल्मका लागि उनले आफ्नो शिर मुण्डन गरेका थिए । फिल्ममा सञ्जय दत्त अहमद शाह अब्दालीको भूमिकामा छन् भने कृतिले मराठा महारानीको भूमिका निभाएकी छन् ।

Advertisement

यो फिल्म पानीपतको तेस्रो लडाईंमा आधारित छ । जुन अब्दाली र मराठाबीच १४ जनवरी १७६१ मा लडिएको थियो । यसलाई १८औं शताब्दीको सबैभन्दा महत्त्वपूर्ण लडाईंमध्ये एक मानिन्छ । फिल्ममा सञ्जय दत्त अफगानिस्तानको एक क्रूर राजाको भूमिकामा छन् । ६ डिसेम्बरमा रिलिज हुन लागेको यो फिल्ममा मोहनीश बहल र जीनत अमानको पनि प्रमुख भूमिका छ ।

एक अन्तर्वार्ताको क्रममा उनले आफूलाई पीरियड ड्रामाको हिस्सा बन्ने इच्छा रहेको बताएका थिए । ‘पानीपत’ बाट उनको सपना पूरा भएको छ । सञ्जयले यो फिल्मका लागि निकै हेवी कस्ट्यूम लगाएका छन् । छायांकनको बेलादेखि नै चर्चामा रहेको फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top