पार्टीमा फरक मत नभई सुझाव मात्र राखेको हुँ : माधवकुमार नेपाल

३१ भदौ ७७, बिहीबार

३१ भदाै, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफुले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पारेका छन् । पार्टी भित्र सहमति भइसक्दा समेत असन्तुष्टि जनाएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझबढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताएका हुन् ।

बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ट नेता नेपालले स्थायी कमिटीका अन्य सदस्यहरुले पनि लिखित र मौखिक रुपमा सुझावहरु दिएको उल्लेख गर्दै आफुले राखेका विषयहरुलाई पनि सुझावका रुपमा लिनुपर्ने बताए । आफुले राखेको सुझावले पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढ्न गति प्रदान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न सहयोग गर्ने बताए । अधिकतम उद्देश्यलाई पुरा गर्न नसके पार्टीको औचित्य नै नरहने भएकाले आफुले सहमतिलाई मजबुत बनाउन र अझबढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाव प्रस्तुत गरेको स्पस्ट पारे ।

यस्तै नेता नेपालले महाधिवेसन पछि बन्ने पार्टीका संरचनाहरु छरितो हुनुपर्ने बताएका छन् । उनले पार्टीका विभिन्न संगठन तथा कमिटीहरु छरितो भएमात्रै संगठन गतिशिल हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने बताए । उनले भने ‘जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थालेहुन्छ । टाउको ठूलो भूडि ठूलो भयो भने त्यो मान्छे रोगि हो भनेर बुझ्नुभएहुन्छ । जसको जिउ पातलो छ टाउको पनि ठिक्क छ, दिमाग सफा छ, र खुट्टा बलियो छ भने त्यसले जस्तो सुकै जिम्मेवारी बहन गर्न सक्छ । चुनौतिको सामना गर्नसक्छ । पार्टीको हकमा पनि त्यही लागू हुन्छ । पार्टीका दुईवटै खुट्टा र हात दह्रो हुनुप¥यो, जिउ सिलिम हुनुप¥यो, कमिटिहरु सिलिम हुनुप¥यो ।’

Advertisement

वरिष्ठ नेता नेपालले भदौ २५ गते स्थायीक कमिटीमा जुटेको सहमतिले पार्टीलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गर्नुभयो । साथै आफुले लामो समय देखि उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय लागू भएको समेत बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top