×

NEPAL TIMES UPDATES

Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026

पार्टीमा विग्रह निम्त्याउने प्रस्ताव खारेज गरौंः प्रधानमन्त्री ओली

१४ मंसिर २०७७

काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विग्रह निम्त्याउने गरी ल्याइएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई सचिवालय बैठकबाट खारेज गर्न आग्रह गर्नुभएको छ ।

पार्टी सचिवालयको शनिबारको बैठकमा आफ्नो ३८ पृष्ठको ५३ बुँदे राजनीतिक प्रस्ताव पेश गर्नुहुँदै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । उहाँले प्रस्तावमा भन्नुभएको छ, “मैले मेराविरुद्ध ‘प्रचण्ड’ ले लगाउनु भएका आरोपहरुको खण्डन गरेको छु, अस्वीकार गरेको छु । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ ।”

Advertisement
Advertisement

पार्टीलाई पुनः भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काउन अध्यक्ष ओलीले आग्रह गर्नुभएको छ । स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको भन्नुहुँदै उहाँले थप्नुभएको छ, “पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको अवस्थामा फर्काऔँ । म आश्वस्त पार्न चाहन्छु– म विचारमा, सङ्गठनमा, आचरणमा र आदर्शमा कुनै विचलन आउन दिन्नँ ।” पार्टीका सबै नेतालाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले जनाउनुभएको छ ।

आफूलाई साथ दिए सबै नेताको जिम्मा आफू लिन तयार रहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले साथ नदिए नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्य सहितको पार्टी हस्तान्तरण गरेर अवकास लिने मेरो इच्छा छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले उल्ट्याउन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । अध्यक्ष प्रचण्डले मंसिर ३ गते पेश गर्नुभएको आफ्नो प्रस्तावमा अध्यक्ष ओलीलाई संघीयता विरोधी र परिवर्तन विरोधी आरोप लगाउनुभएको थियो । अध्यक्ष ओलीले प्रस्तावमा भन्नुभएको छ, “मुलुकलाई सुदृढ गरेर समृद्धिको बाटोमा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरेर विदा हुने मेरो इच्छा छ । सबैलाई कम्युनिष्ट हुनुको गौरववोध गर्ने, ठाडो शिर लगाएर रातो झण्डा बोकेर हिँड्ने अवस्था सिर्जना गर्ने इच्छा छ ।”

आफ्नो लागि नेपाल राष्ट्र, नेपाली जनता, नेपालको विकास, नेपालीको सुखभन्दा माथि केही नभएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभएको छ । पार्टी एकतामा आफू सदैव रहेको र रहने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । मुलुकको परिवर्तनका लागि आफूले ठूलो त्याग गरेको प्रष्ट पार्नुहुँदै आफू ‘परिवर्तनको वाहक भएको विरोधी होइन’ भन्नुभएको छ ।

प्रस्तावमा अध्यक्ष ओलीले भन्नुभएको छ, “परिवर्तनका लागि खेलेको भूमिकाबापत आज हामीलाई मुलुकको नेतृत्व गर्ने अभूतपूर्व अवसर प्राप्त भएको छ । तर यो हाम्रो सर्वोच्च उपलव्धि होइन । यो त निरन्तर उपलव्धिको शृङ्खला मात्रै हो ।” ठीक ढङ्गले काम गर्दैै जाने हो भने अगाडि पनि निरन्तर सफलता हात लाग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

“म एकदमै आशावादी छुँ । तर यसका लागि हामीले आज आफूलाई यस भूमिकामा अब्बल साबित गर्नु पर्ने छ, समृद्धि र विकासको च्याम्पियनका रुपमा स्थापित गर्नुपर्नेछ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “कोरा बहसमा होइन, जनताको जीवन बदल्नमा अब्बल साबित हुनु पर्नेछ । हामीलाई जनताले गरेको विश्वासलाई सही प्रमाणित गर्नुपर्ने छ । अनि सफलता हात लाग्छ ।”

Advertisement
Advertisement

बितेका दुई वर्षमा सरकारले गरेका काम उपलब्धीपूर्ण रहेको प्रधानमन्त्री ओलीले दावी गर्नुभएको छ । सरकारको कामले जनतामा हौसला बढेको उहाँले प्रष्ट पार्नुभएको छ । तर त्यसको सही ढङ्गले पार्टी पङ्तिबाट प्रचार गर्न नसकिएको उहाँको भनाई छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top