×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

४ मंसिर २०७७

४ मंसिर, काठमाडौं ।

हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा ल्याउन तयार भएका छन् ।

Advertisement
Advertisement

हिजोका लागि तोकिएको सचिवालय बैठक बस्ने/नबस्ने भन्ने अन्योलबीच बसेको सचिवालय बैठकले अबको १० दिनपछि यही मङ्सिर १३ गते सचिवालयको अर्काे बैठक र त्यसपछि क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गरेकाले बैठकभन्दा बाहिर गुटउपगुटमा छरिएर हुने अन्तरविरोध पार्टीका संयन्त्रमा पुग्ने भएका हुन् । कम्युनिष्ट पार्टीका आलोचना र आत्मालोचनालाई साङ्गठनिक विधिकै अङ्ग मानिए पनि पछिल्लो समयमा अध्यक्षद्वयकै बीचमा लिखित आरोप–प्रत्यारोप भएपछि कोभिड–१९ को रोकथाम र नियन्त्रयण तथा आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने समयमा राजनीतिक विवादले कस्तो रुप लेला भन्ने कूतुहलता जगाएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजोको सचिवालय बैठकले मङ्सिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने प्रस्तावका आधारमा थप छलफल हुने र स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेको जानकारी दिए। यसअघि केन्द्रीय कमिटीको बैठक मङ्सिर १५ गतेदेखि हुने भनिएको थियो । गत कात्तिक २८ गतेको सचिवालयको बैठकमा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टीको बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद चर्कँदा हिजोको बैठकमा अध्यक्ष ओली नजाने समाचारसमेत बाहिर आएको थियो र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सचिवालयका बहुमत सदस्य बैठक जसरी पनि गर्ने पक्षमा देखिएका थिए । अध्यक्ष ओलीले आफूमाथि लगाइएका आरोपबारे लिखित जवाफ दिन १० दिनको समय माग गरेपछि बैठकले त्यसमा सहमति दिएको हो । बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, “पार्टीमा देखा परेको पार्टी विधिसम्बन्धी समस्या र सङ्कटको निवारणका सम्बन्धमा यस अगाडि प्रस्तुत सामग्री र अबको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने प्रस्तावका आधारमा छलफल र निर्णय हुनेछ । निष्कर्ष यही हो ।”

स्थिरता र समृद्धिका लागि जनमत प्राप्त नेकपाका शीर्ष नेताबीचको स्वार्थ र विवाद पटकपटक सार्वजनिक हुँदा नेता–कार्याकर्ता र जनस्तरमा निराशा, चिन्ता र आक्रोश उत्पन्न भइरहेको छ । आजको बैठकले आगामी बैठक सहमतिमा तय गरेकाले तत्कालै पार्टी फुट्छ या दुवै पक्ष टसको टस हुँदैनन् भन्ने खालका कतिपय अनुमान गलत सावित भएका छन् ।

नेकपाका नेताको विवाद उत्पन्न गराउन र मिलाउन संवैधानिक पदाधिकारी र विदेशीको हस्तक्षेप भएको भन्ने पत्रकारको प्रश्नमा सचिवालय सदस्य श्रेष्ठले आफूहरुले हस्तक्षेप स्वीकार नगर्ने भएकाले कुनै पक्षबाट भएका चासोलाई हस्तक्षेपका रुपमा नलिने स्पष्ट गरे। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली तथा अन्य नेतासँग भएका विभिन्न भेटवार्ता तथा प्रधानमन्त्री ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको पछिल्लो भेटवार्तालाई नेकपाको विवादसँग जोडेर टीकाटिप्पणी गरिएका थिए । प्रवक्ता श्रेष्ठले राष्ट्रपति वा विदेशी कूटनीतिक प्रतिनिधिलाई यस विवादमा तान्नु उपयुक्त नहुने बताए ।

गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेकामा त्यसको कार्यान्वयनमा भन्दा नेता पुनः विवादमै अल्मलिएपछि सचिवालय बैठक शुरु भएको हो ।

पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

गत स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएको थियो । गत असार १० गते शुरु भई पटकपटक बस्दै र स्थगन हुँदै आएको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी कामबारे नेताहरुबीचको आपसी अविश्वास र अन्तरकलहका कारण नियमित कार्यसूचीमा छलफल हुन नसकेपछि अध्यक्षद्वयले गठन गरेको महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलको सुझावलाई थप गृहकार्य गरी उहाँहरुले स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको कार्यविभाजनसहित ठोस कार्ययोजना प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति : एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेकामा असहमति जनाउँदै आएका छन्। कार्यदलमा नेता भीमबहादुर रावल, जनाद्र्धन शर्मा, पम्फा भुसाल, शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य थिए ।

स्थायी कमिटीले अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरी तयारीका लागि कात्तिक १५ गतेदेखि केन्द्रीय कमिटीको बैठक आह्वान गरेकामा पछि मङ्सिर १५ का लागि केन्द्रीय कमिटीको बैठक सारिएको थियो । आजको बैठकले केन्द्रीय कमिटी बैठकको मिति थप तीन दिन पछि सारेको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भई निर्मित नेकपाको एकतापछि पहिलो महाधिवेशन हुन लागेकाले नीति, विचार र नेतत्वबारे बहस शुरु भएको हो ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि गत भदौ २९ गते अध्यक्षद्वय ओली र दाहालले अन्तरपार्टी निर्देशन (अपानि)–५ जारी गरी पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठनिक क्षेत्रमा पुनः कार्यविभाजनलगायत काम गर्ने, चुनावी घोषणापत्रानुसार सरकारका कामलाई प्रभावकारी बनाउने, सहमति तथा संवैधानिक र कानूनी प्रबन्धका आधारमा सङ्घ र प्रदेश मन्त्रिपरिषद्मा पुनःगठन गर्ने आदि विषयमा कार्यकर्तामा स्पष्ट पारकेा थिए ।

स्थायी कमिटीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौता (एमसीसी) लाई आवश्यकतानुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि गरेको थियो ।

Advertisement

प्रकाश सिलवाल/रासस

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top