पूर्वका ३ स्थानमा दुर्घटना: ३ को मृत्यु,३ जना घाईते

२१ मंसिर ७६, आइतबार

२२ मंसिर, बिराटनगर । पूर्वका तीन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । सुनसरी र झापाका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा यस्तो हताहती भएको हो ।

शनिबार दिउँसो सप्तरीबाट रामधुनी तर्फ जन्ती बोकेर आउदै गरेको ना ५ ख ४९८९ नम्बरको बसका सह चालक सप्तरीको सप्तकोशी नगरपालिका १ बस्ने बर्ष ४५ को सन्तोष गुप्ता बसमा काम गर्ने क्रममा लडेर घाईते भएपछी उपचारको लागी न्युरो अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा साँझ ६ बजेको उनको मृत्यु भएको थियो ।

यसैगरी सुनसरीको ईटहरी उप महानगरपालिका १३ खनारमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटारसाईकल चालकको मृत्यु भएको छ ।

Advertisement

शनिबार बेलुका सडकको साईडमा रोकेर ट्रक ड्राईभरले अगाडिको सिसा पुछिरहेको अवस्थामा ईटहरीबाट बिराटनगर तर्फ जादै गरेको को १४ प ६०२३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक ईटहरी ११ खनार बस्ने वर्ष २५ का अशोक चौधरी गम्भिर घाईते भएका थिए भने ट्रक चालक सिन्धुली ६ बस्ने वर्ष ३१ को गंगाप्रसाद नेपाल समेत घाईते भएका थिए ।

घाईते दुबैजनालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा राती साढे १० बजे मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी झापाको कन्काई नगरपालिका ७ बिरिङखोला पुलको पूर्व पश्चिम राजमार्गमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

शनिबार राती साढे ९ बजे पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका ३ जनालाई नै उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मोटरसाईकल चालक नितेश न्यौपानेको मृत्यु भएको हो ।

अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top