३० असाेज, काठमाडौं।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीलाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी गराएकी छिन् । उनलाई बिहीबार काेराेना पुष्टि भएकाे हाे ।
पूर्वमन्त्री चौधरीले लेखेकी छिन्, “बिरामी पनि कस्तो अचम्म ! कोबिड १९ ले मलाई पनि छाडेन । त्यसैले यो तीन–चार दिन यता मेरो सम्पर्कमा आउनु हुने ब्यक्तिहरु कन्ट्याक टेष्ट अर्थात साबधानी अपनाउनु होला मेरो रिपोर्ट पोजिटिभ आएको छ ।”
उनले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएकी छिन् ।