विराटनगर,साउन ३
विराटनगर महानगरपालिका र पुर्वाञ्चल विश्वविद्यालय बीच भएको सम्झौता प्रति पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पूसेट)विभागले आपत्ति जनाएको छ ।
पूसेटले बुधबार विज्ञप्ति निकाल्दै प्रस्ताव नं २ को संयुक्त ब्यबस्थापनमा इञ्जिनियरिङ कलेज संचालन सम्बन्धि भएको सम्झौता सम्बन्धमा भएको सहमती प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
पुर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता,स्वायत्तता, गरिमा र स्थापित संरचनालाई प्रभावित पार्ने गरि उक्त सम्झौता भएको विज्ञप्तिमा जनाईएको छ ।
पूसेटले शिक्षक र कर्मचारीको बैठक बसी उक्त सहमती बदर हुनुपर्ने निर्णय गरिएको हुँदा चाँडो भन्दा चाँडो सहमती बदर नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।