पूर्व भूमिसुधारमन्त्री भीमप्रसाद गौतमको निधन

२६ कात्तिक ७७, बिहीबार

२७ कार्तिक, विराटनगर ।
पूर्व भूमिसुधार मन्त्री एवं जनता समाजवादी पार्टीका सल्लाहकार समितिका अध्यक्ष भीमप्रसाद गौतमको बिहीबार बिहान २ः३० बजे निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका गौतमको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ७१ वर्षका थिए ।  केही समयदेखि बिरामी परेका गौतमलाई निमोनिया भएको थियो ।

चितवनस्थित अस्पतलामा उपचारपछि उनी घर फर्किएका थिए । गौतम तत्कालीन माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमि सुधार तथा व्यवस्थापनमन्त्री बनेका थिए ।

Advertisement

पछि उनी नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा आबद्ध थिए । तत्कालीन माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका गौतम भट्टराईको नयाँ शक्ति पार्टीमा आएका थिए ।

पछिल्लो समय उनले बन्दिपुरमै कृषि फार्म सञ्चालन गर्दै आएका थिए । गौतमको देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । गौतमका श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top