पेट्राेल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौंं,माघ २०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ सूचीमा मूल्य बढेर आएपछि निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

स्थानीय बजारमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।

यसअघिको पेट्रोलका खुद्रा मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ थियो भने डिजेल र मट्टीतेलको प्रतिलिटर ९५ रुपैयाँ थियो ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

Advertisement

निगमका अनुसार प्रतिसिलिन्डर ग्यासमा ३२.६८ रुपैयाँ घाटा छ । पछिल्लो मूल्य समायोजनले दुई सातामा १ अर्ब १६ करोड रुपैयाँ निगमलाई नाफा हुनेछ । गोइतका अनुसार पुस दोस्रो सातासम्म मूल्य घटाएर पठाएको आइओसीले पुनः मूल्य बढाएर पठाएपछि स्वचालित मूल्य लागु गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top