पेट्रोलियम पदार्थ अन्वेषणको काम आगामी जनवरीबाट सुचारु हुने

१३ मंसिर ७७, आइतबार

१३ मंसिर, दैलेख ।

खानी तथा भूगर्भ विभागले दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अन्वेषणको काम आगामी २०२१ को जनवरीबाट सुचारु गर्ने जनाएको छ ।

सास्मिक सर्भे मार्फत गरिएको अन्वेषणको अध्ययनको नतिजा चिनबाट आइनसककोले त्यसलाई कुरिरहेको विभागले जनाएको छ ।

Advertisement

पेट्रोलियम पदार्थको अन्वेषणको लागि नेपाल र चीन सरकारबीच गरिएको सम्झौताको लक्ष्य अनुसार काम नभएकोले संशोधनको तयारी समेत गरेको विभागले जनाएको छ ।

२०१९ मा सम्झौता गरी २०२२ भित्रै आयोजनाको काम सम्पन्न गर्ने विभागको लक्ष्य थियो । २ वर्षसम्म सोचे अनुसारको काम नभएपछि सम्झौता संशोधन गर्ने तयारी थालिएको विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए ।

Advertisement

चिनियाँ प्राविधिक टोलीको सेस्मिक सर्भेको विश्लेषण र अन्वेषण रिपोर्टको आधारमा ड्रिलिङ गरिने छ । चिनियाँ टोलीसँग गरिएको ३ चरणको सम्झौता अनुसार पहिलो स्थलगत अध्ययनको नतिजा नै समयमा उपलव्ध नभएको डा. त्रिपाठीले बताए।

गत वर्षको फागुनको १५ गते पछि पहिलो चरणको काम सकेर चिनियाँ प्राविधिक टोली फर्किएको थियो । चिनियाँ टोलीले दैलेखका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।

नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो । सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top