पोखराको आकाशमा ‘हट एयर बेलुन’

२८ फागुन ७६, बिहीबार

२९ फागुन, कास्की । 

 पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो ।

पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन् । हट एयर बेलुन अरुभन्दा केही फरक मानिन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् ।

Advertisement

एक्काइस मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । होटल र ट्रेकिङ व्यवसाय गरिरहेका पिन्चो लामाले तत्कालीन हवाइ विभागबाट अनुमति लिएर सन् १९९१ मा ‘सनराइज बेलुन’ नामक कम्पनीमार्फत नेपालमा यसको व्यावसायिक उडान शुरु गरेका हुन् । पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान शुरु भएको बेलुन नेपाल प्रालि पोखराका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।

समुन्द्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिने बाडेको भनाइ छ । वर्षायामका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उड्न सकिने उनले बताए । कम्पनीले प्रतिव्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्ससमेत गर्ने गर्छ ।

यस कम्पनीमा अध्यक्ष बाडेसँगै हिमालयन इन्भेष्टमेन्ट प्रालिका तर्फबाट दीपककुमार श्रेष्ठ र सविन महर्जनको चार करोड ५० लाखको संयुक्त लगानी छ । हाल हट एयर बेलुनको व्यावसायिक उडान फेवातालको माथिल्लो भेग पामेबाट हुँदै आएको छ । सूर्योदय मन पराउने बिहानको समयमा उड्न सक्छन् भने सूर्यास्त मन पराउने साँझको समयमा उड्ने गर्छन् । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।

आधा घन्टा उडानको नेपाली र भारतीय पर्यटकले नौ हजार तिर्नुपर्छ भने अन्य देशकाले एक सय बीस डलर तिर्नुपर्ने पोखरा कम्पनीका मार्केटिङ प्रमुख सङ्गीता कायस्थले जानकारी दिए । विशेष अवसरमा रिजर्भ गरी प्राइभेट उडान गर्न चाहनेका लागि आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै फोटो, भिडियोको पेन ड्राइभसहित एक हजार ५०० अतिरिक्त शुल्क तोकिएको छ । पत्रकार अमृत भादगाउँले पोखराको सुन्दरतालाई हट एयर बेलुनमा उड्दै फोटो कैद गर्दाको अनुभूति निकै रोमाञ्चक भएको अनुभव सुनाए । ‘पोखरा आफैं हेरेर नथाकिने शहर हो, यसको सुन्दरतालाई हावामा उडेर चारैतिर एकनाश हेर्न पाउनु र सुन्दर तस्बिर लिन पाउनुको मज्जा बेग्लै हुन्छ ।’ बर्थ डे सेलिब्रेशन, एनिभर्सरीलगायत विशेष अवसरमा पनि परिवार र साथीभाइसँग आनन्दले उडेर सेलिब्रेशन गर्न मिल्ने भएकाले यो साहसिक खेल अरुको तुलनामा अझ सहज र विशेष रहेको जनाइएको छ ।–जमुना वर्षाशर्मा /रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top