पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने, डीपीआर तयार

१३ असोज ७७, बुधबार

१३ असाेज, कास्की ।

गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल सरकारबाट प्रदेश सरकारलाई भोगाधिकारका लागि प्राप्त भएपछि सरकारले सो जमिनमा रङ्गशाला निर्माण प्रक्रिया अघि बढाएको हो ।

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०समेत तयार गरिसकेको छ । बिआरएस इन्जिनीयरिङ सोलुशन प्रालिले रङ्गशालाको डिपिआर तयार गरी प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको हो ।

Advertisement

सरकारले गत वर्ष रङ्गशालाको डिपिआरका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । जमिन प्राप्त भएपछि सरकारले डिपिआर प्रक्रिया शुरु गरेकामा कम्पनीले हालै प्रतिवेदन बुझाएको थियो । सो डिपिआरमा रङ्गशाला निर्माणमा रु एक अर्ब ६० करोड लागत लाग्ने उल्लेख गरिएको मन्त्रालयका खेलकूद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले बताए ।

सरकारले चालू आर्थिक वर्षमा क्रिकेट रङ्गशालाका लागि रु दुई करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट यस वर्र्ष वातावरणीय प्रभाव मूल्याङ्कन, जमिन सीमाङ्कन तथा तटबन्धनलगायत काम गरिने मन्त्रालयले जनाएको छ । उपसचिव काफ्लेले भने, “अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि डिपिआर बनाउने जिम्मा पाएको कम्पनीले प्रतिवेदन बुझाएको छ । यसवर्ष बजेट थोरै मात्र विनियोजन गरिएकाले जग्गाको संरक्षणका काम गर्दै रङ्गशालाका लागि स्रोत जुटाउन शुरु गर्दछौँ ।”

Advertisement

गण्डकी प्रदेश सरकार गठन भएपछि सरकारको आव २०७४/७५ को पहिलो बजेट तथा कार्र्यक्रममा प्रदेशभित्र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि स्थान पहिचान गर्ने उल्लेख थियो । त्यसपछिका बजेट कार्यक्रममासमेत सरकारले रङ्गशाला निर्माणलाई प्राथमिकतामा राखेको छ ।

करिब १२३ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने रङ्गशालामा १८ हजार दर्शक क्षमताको प्यारापिट बन्ने डिपिआरमा उल्लेख छ । मैदानमा सात वटा पिच, भिभिआइपी कक्ष, भिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), मिडिया कक्ष, पार्किङलगायत संरचना बन्नेछन् ।

क्रिक्रेट रङ्गशाला पोखराको मुख्य बजारदेखि १० किमी टाढा र पृथ्वीराजमार्गबाट दुई किमिको दूरीमा रहेको छ । पोखरामा पछिल्ला वर्षमा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत सम्पन्न भएका छन् । पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानमा गतवर्ष १३औँ दक्षिण एशियाली खेलकूद (साग)को महिला क्रिकेट खेलाइएको थियो । सो मैदानमा क्रिकेटका अन्य पूर्वाधार बन्न सकेका छैनन् । पोखरा प्रिमियर लिग (पिपिएल) का दुई संस्करणसमेत सोही मैदानमा सम्पन्न भएका थिए ।

प्रदेश सरकारले बनाउन प्रक्रिया शुरु गरेको क्रिकेट रङ्गशाला निर्माणपछि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई मैदान अनिवार्य गरिएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top