पोखरा महानगरद्वारा खसी बजार अनुगमन

२४ असोज ७८, सोमबार

२५ असोज, कास्की

पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ। बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र उपभोक्ता चर्को मूल्य तिर्न बाध्य बनेका गुनासासँगै अनुगमन सुरु गरिएको महानगरले जनाएको छ।

उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार चाउथेस्थित खसी बजारको अनुगमन गरिएको थियो। पोखरा र यस क्षेत्रलाई केन्द्रित गरी सो बजारबाट मुख्य गरी खसी, बोका बिक्री हुँदै आएको छ।

Advertisement

व्यवसायीले दाङ, सुर्खेत, कैलाली, प्युठान, अर्घाखाँचीलगायतका जिल्लाबाट बजारमा खसी÷बोका आपूर्ति गर्दै आएका छन्। चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेका कारण अनुगमन गरेको महानगर उपप्रमुख गुरुङले भनिन्, ‘चाडपर्वमा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले पोखरामा बजार अनुगमनलाई निरन्तरता र तीव्र बनाउनेछौँ।’

महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले दसैँमा मासुजन्य पदार्थमा उपभोक्ता बढी ठगिन सक्ने भएकाले स्थलगत अनुगमन गरिएको बताए। यस वर्ष खसी बोका र च्याङ्ग्राको मूल्य विगत भन्दा धेरै वृद्धि भएको गुनासो उपभोक्ताको छ।

Advertisement

दसैँको समयमा बढी खसी, बोका तथा च्याङ्ग्रा बिक्री हुने स्थलमा नियमित अनुगमन गरिने उनले जानकारी दिए। उनका अनुसार हेमजा, बगर र चाउथेलगायत स्थानमा दसैँभर अनुगमन गरिनेछ।

अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्तालाई बढी मूल्य नलिन र बिरामी खसी बोकालाई छुट्टै राख्ने व्यवस्था गर्न सुझाव दिएको अधिकारीले जानकारी दिए।

चाउथेमा सञ्चालित सुनिल फ्रेस हाउस बिना दर्ता सञ्चालन भएको पाइएपछि बन्द गराइएको छ। महानगरमा दर्ता नगरी सञ्चालन गरिएको पाइएकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न निर्देशनसहित पसल बन्द गराइएको महानगरले जनाएको छ।

चाडपर्वमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने, बढी मूल्य लिने र बिना इजाजत पसल सञ्चालन गर्ने गरेको गुनासो आउने गरेको बताइन्छ। गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले समेत खसी तथा च्याङ्ग्रा बजारको अनुगमन सुरु गरिएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top