प्याराग्लाइडिङमा आन्तरिक पर्यटक बढे

११ मंसिर, काठमाडौं । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् ।

लामो समयको लकडाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उडान गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ । सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न अहिले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Advertisement

नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यले अहिले ५० प्रतिशत छुट दिएपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । प्रकृतिसँग रमाउनेहरुका लागि राम्रो माहोल सिर्जना भएको र व्यवस्थापन पनि चुस्त रहेको उनले बताए ।

अहिले एउटा कम्पनीले प्रतिदिन दुई पटक मात्रै उडान भर्ने व्यवस्था गरिएको छ । समय तालिका मिलाएर उडानको अनुमति दिइएको उनले बताए । एकै समयमा सबैलाई उडान अनुमति दिँदा टेकअप, ल्याण्डीङको समस्या उत्पन्न भइ दुर्घटनाको सम्भावना हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समय तालिका निर्धारण गरिएको हो ।

अहिले पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३ सय ३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिसकेका छन् । कोभिड १९ लाई मध्यनजर गर्दै सरकारले लागू गरेको सुरक्षा मापदण्ड भित्र रहेर पोखरामा प्याराग्लाइडिङ संचालन भइरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top