प्यालेस्टिनी हमास विद्रोहीविरुद्ध सैनिक कारबाही पूर्ण शक्तिका साथ जारी रहनेः नेतान्याहु

३ जेष्ठ, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध सैनिक कारबाही पूर्ण शक्तिका साथ जारी रहने बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहुले वार्ताहरुबाट शान्ति बहाली नभएसम्म कारबाही जारी राख्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । इजरायलको आक्रमणबाट हिजो एकैदिन ४० जना भन्दा धेरैको ज्यान गएको छ ।

एक हप्ता अघि इजरायलसँग युद्ध शुरु भएयता हिजो सबैभन्दा घातक दिन भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् । हिजो इजरायलको सेनाले व्यस्त सडकमा समेत आक्रमण गरेको र तीनवटा ठूला भवन भत्काएको बीबीसीले जनाएको छ ।

गाजामा अहिलेसम्म एक सय ९७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा ५८ बालबालिका तथा ३४ महिला छन् ।

एक हप्तामा प्यालेस्टिनी विद्रोहीहरूल तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका र आफूहरुले जवाफी कारबाही जारी राखेको इजरायलको सेनाले जनाएको छ ।

दुइ देशबीच दिउँसो र राति पनि भिडन्तहरु भैरहेका छन् । इजरायलमा खतराको साइरन बज्नासाथ मानिसहरु सुरक्षित कोठामा जाने गरेका छन् ।

इजरायलतमा रकेट हमलाहरूमा परि १० जनाको ज्यान छ । यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले युद्धविराम गराउन अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग आपत्कालीन बैठक गरेको छ । तर पन्ध्र सदस्यीय सुरक्षा परिषद्ले पछिल्ला दिनमा कुनै सार्वजनिक विज्ञप्तिमा सहमति जनाउन सकेको छैन ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसा अत्यन्त चिन्ताजनक भन्दै तत्काल लडाइँ रोकिनुपर्ने बताएका छन् । इजरायलको बलियो सहयोगी अमेरिकाले त्यस्ता वक्तव्य कूटनीतिक प्रक्रियाका निम्ति सहयोगी नहुने भन्दै आएको छ । हमासले युद्धविरामका लागि चासो देखाए पनि इजरायलले नमानेको बीबीसीले जनाएको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top