प्रचण्डको वक्तव्यले रिसायो अमेरिका

काठमाडौं : भेनेजुएलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित बनेको छ। उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएको छ । चीन, रुस, क्युबालगायतका देशले अमेरिकी भेनेजुएलामा अमेरिकी भूमिकाको आलोचना गरेका थिए ।, अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

नेपालमा पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको कडा शब्दमा निन्दा गर्दै वक्तव्य दिए। पछि सरकारले समेत भेनेजुएलामा बाह्य हस्तक्षेप हुन नहुने आशयको वक्तव्य दियो । सरकारी वक्तव्यबाट अमेरिका असन्तुष्ट बनेको छ। उसले परराष्ट्र मन्त्रालयको वक्तव्यलाई ‘दाहालकै वक्तव्यको राम्रो सम्पादन’ को संज्ञा दिएको छ। ‘नेपाल सरकारको वक्तव्य पनि नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यकै राम्रो सम्पादन हो,’ अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो वक्तव्यले पहिलेकोलाई बल पुगेको छ ।’ उनले सरकारले यस्तो वक्तव्य किन दिएको भन्दै चासो समेत राखे ।

दाहालको वक्तव्यपछि अमेरिकी विदेश मन्त्रालयले डीसीस्थित नेपाली दूतावास र काठमाडौंस्थित दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारको धारणाबारे जिज्ञासा राख्दै विश्व राजनीतिमा नेपालको चासो स्पष्ट पार्न भनेको थियो । उनीहरूको चासो बढेपछि सरकारले वक्तव्य त जारी गर्‍यो तर यसबाट अमेरिका सन्तुष्ट हुन सकेन । जुनजुन देशका सरकारले अमेरिकी नीतिको विपक्षमा गएर धारणा राखेका छन्, अमेरिकाले तिनको चर्को अलोचना थालेको छ ।

Advertisement

जनमतविपरीत गएर तिनले वक्तव्य दिएको निष्कर्ष अमेरिकाको छ । भेनेजुएलामा अमेरिकी भूमिकाको विरोध गर्ने सबै मुलुकको वक्तव्य उस्तै भएको र यस विषयमा कम्युनिस्टहरू एकमत भएको अमेरिकी अनुमान छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top