प्रदेशलाई अधिकार सम्पन्न बनाउन उपप्रधानमन्त्री यादवको जोड

विराटनगर,असोज ९
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश सरकार अधिकार र स्रोत साधनविहीन भएर संघीय लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।

उनले संघीय लोकतन्त्रलाई बलियो बनाउन संविधान संसोधन आवश्यक रहेकोमा जोड दिए । संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ स्तरीय प्रथम भेलालाई मंगलबार विराटनगरमा सम्वोधन गदै मन्त्री यादवले संघीय लोकतन्त्रबाट प्राप्त मूल्य मान्यतालाई संस्थागत गर्न प्रादेशिक संरचनाको अवधारणा बिकास भएको भन्दै मन्त्री यादवले संविधानमा उल्लेखित प्रादेशिक संरचनाको जंगमा टेकेर प्रदेशलाई अधिकार सम्पन्न गर्न नसकिने दावी गरे ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले प्रदेशहरुलाई प्रादेशिक अधिकार सम्पन्न सँगै उनीहरुलाई स्रोत साधन सम्पन्न बनाउन सकेमात्र संघीय लोकतन्त्र बालियो हुने धारणा राखेका छन् ।

Advertisement

उनले बर्तमान अबस्थामा रहेका प्रदेश प्रस्थान विन्दू मात्र भएको बताउदै यिनै प्रदेशलाई बिकसित गदै १० प्रदेश बनाउनु पर्ने बताए । यसैबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संघीय सरकारले प्रदेशहरुलाई बलियो बनाउन नचाहेको आरोप लगाए ।

उनले आफुहरुले प्रदेशको अधिकार माग्दापनि संघीय सरकारले बेवास्ता गरेको गुनासो गरे । उनले संविधानले व्यवस्था गरेको प्रदेशका अधिकारहरु कार्यान्वय गर्ने कुरामा संघीय सरकारका प्रधानमन्त्रीदेखि मन्त्री र कर्मचारीहरु अहिलेपनि मानसिक रुपमा तयार नभएको बताए । दुई दिनसम्म चल्ने भेलामा प्रदेश नं १ का संघीय समाजवादी पार्टीका नेता तथा कार्याकर्ताको सहभागीता रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top