प्रदेशले तीन महिनासम्म काम नगरेकोमा सुदूरपश्चिम प्रदेशसभाका सदस्यको आक्रोस, आरडीटी परीक्षण बन्द गर्न माग

२५ जेष्ठ, धनगढी ।
सुदूरपश्चिम प्रदेशसभा बैठकमा सदस्यहरुले आरडीटी परीक्षण बन्द गर्न माग गरेका छन् ।

आइतबारको प्रदेशसभा बैठकमा विश्वका बिभिन्न मुलुकले विश्वसनीय नतिजा दिन नसकेको भन्दै प्रयोग गर्न इन्कार गरेको आरडीटी परीक्षण किटको प्रयोग बन्द गर्न प्रदेशसभा सदस्यहरुले माग गरेका हुन् ।

प्रदेशसभाको बैठकमा ढ्यापढ्यापे समय लिएर बोल्दै नेकपाका सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरतबहादुर खड्काले तत्काल आरडीटी परीक्षण बन्द गर्न माग गरे । उनीहरुले आरडीटीबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकाहरुमा फेरि पीसीआर परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएकोले जोखिम बढेको बताए ।

Advertisement

प्रदेशसभा सदस्य दीर्घ सोडारीले आरडीटीको भरमा घर पठाइएकाहरुबाट समाजमा भयावह रुपमा संक्रमण फैलिन सक्ने अवस्था रहेकोले आरडीटी बन्द गरी पीसीआर परीक्षण गर्नुपर्ने र यसका लागि प्रयोगशालाहरुको क्षमता बढाइनुपर्ने माग गरे ।

उनले कैलालीमा पहिलोपटक कोरोना संक्रमित पत्ता लागेको झण्डै तीन महिना पूरा हुन लागेको र यसबिचमा गरिनु पर्ने पर्याप्त तयारी गर्न नसकेकोमा प्रदेश सरकारको आलोचना गरे । उनले बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले तीन महिनासम्म त्यसमा कुनै काम नगरेकोमा आक्रोस व्यक्त गरे ।

Advertisement

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले युरोपियन देशहरुले आरडीटी किटको विश्वसनीयतामाथि प्रश्न उठाई प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुःखद भएको बताए । उनले यस्तो परीक्षणले संक्रमणको दर भयावह हुनसक्ने भन्दै बन्द गर्न माग गरे ।

नेकपाकै प्रदेशसभा सदस्य पूर्णा जोशीले आरडीटी परीक्षणको औचित्य नभएकोले बन्द गर्न माग गरिन् । उनले डोटीको क्वारेन्टिनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु पहिले नै नगरिएकोमा आक्रोस पोखिन् । क्वारेन्टाइनहरु व्यवस्थित नभएको र मत्युघरमा परिणत भइरहेको भन्दै उनले प्रयोगशालाहरु बढाउने र भएका प्रयोगशालाहरुको क्षमता बढाउने तर्फ प्रदेश सरकार लाग्नुपर्ने बताइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top