प्रदेश १ का अस्पताललाई ८ सय आइसोलेसन बेड तयार गर्न मन्त्रीको निर्देशन

१३ चैत, विराटनगर ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि १ नम्बर प्रदेश सरकारले थप ८ सय आइसोलेशन वेड तयार गर्ने तयारी गरेको छ । प्रदेश सरकारले तत्काल आठसय बेड बनाउन अस्पतालहरुलाई सर्कुलर जारी गरेको हो ।

सामाजिक विकास मन्त्रालयमा बिहीबार भएको छलफल पछि मन्त्री जीवन घिमिरेले बेड तयार गर्न सर्कुलेशन जारी गरेका हुन् । मन्त्री घिमिरेले भने– ‘सुरुवाती अवस्थामा जागरण अभियानसँगै २८ वेड तयार गरेका थियौं ।थप एक विरामी भेटिदा ५० बेडको अस्पताल तयार गर्यौ । तर अर्को विरामी भेटिएपछि एक हजार वेड पूर्याउन सर्कुलर जारी गरेका छौं ।’

उनका अनुसार नोबेल मेडिकल कलेजमा २००, विराट मेडिकल कलेजमा १००, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २००, कोशी अस्पतालमा १००, मेची अस्पतालमा ५० र बिएमसी अस्पताललाई १५० बेड तयार गर्न निर्देशन दिईएको छ । निजी अस्पतालहरुले संकटको समयमा पन्छिन नमिल्ने बताउँदै उनले सरकारको निर्देशन कार्यान्यन नभए कानुन अनुसार अघि बढ्ने मन्त्री घिमिरेले बताए ।

Advertisement

हालसम्म प्रदेश १ मा एक हजार ३ सय ३१ बेडको क्वारेन्टाइन स्थल निर्माण गरिएको छ भने २३२ बेडको आइसोशेलन वार्ड तयार भइसकेको छ ।नेपालमा हालसम्म तीनजनालाई कोरोना संक्रमण देखिएको छ । ती मध्ये दुई उपचारमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top