प्रदेश १ मा कानुन विपरित उठाएका करहरु सच्याइने

विराटनगर,असोज ११
स्थानीय तहका पदाधिकारीले व्यक्तिगत रूपमा बजेट निकासा नगरी स्थानिय तहको निर्णय सहित आएको कार्यक्रममा मात्र बजेट निकासा गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

न्याय समितिका सदस्यहरूले अहोरात्र खट्नुपरेको तर त्यसको मूल्याङ्कन नभएको भन्दै सहभागिले उचित मूल्याङ्कनको पनि माग गरेका छन् । एक नम्बर प्रदेश समन्वय परिषदको बुधबार विराटनगरमा सम्पन्न पहिलो बैठकमा सहभागि हुन आएका प्रदेश १ अन्र्तगतका स्थानीय तहका जनप्रतिनिधीले यस्तो माग गरेका हुन् ।

स्थानीय तहका जनप्रतिनिधीहरुले आफुहरू जनताको काममा दिनरात खट्नुपरेको भन्दै संघीय संसद र प्रदेश सभा सदस्यको पारिश्रमिक बराबर आफुहरूले पनि पारिश्रमिक पाउनुपर्ने माग गरेका छन् ।

Advertisement

राजश्व सङ्कलन र निकासी कर लगायतका राजश्व स्थानीय तहले आफुले लिन पाउनुपर्ने माग गरेका छन् भने जिल्ला समन्वय समितिले आफुले उठाउन पाउनुपर्ने माग गरेका छन् । बैठकपछि प्रदेशका मुख्यमन्त्री शेरधन राईले कानुन बनाउँदा, कानुन कार्यान्वयन गर्दा, कर निर्धारण गर्दा समन्वय गर्नुपर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकमा कानुन विपरित कर उठाउन नपाउने र यदि उठाएको भए त्यसलाई सच्याउने पनि निर्णय भएको मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

Advertisement

प्रदेश नं.१ अन्तर्गत १४ जिल्लाका १३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजकहरु सहभागी रहेको सो कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको बिषय र आवश्यक देखिएका अन्य समसामयिक बिषयहरुमा छलफल भएको थियो ।

कार्यक्रममा सरकारका तर्फबाट दुईवटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top